February 25, 2025, 4:41 am
» अमिर खानको एक फिल्म, जो स्विटजरल्याण्डमा ८ महिनासम्म हाउसफूल चल्यो » ट्रम्पलाई भेटेपछि म्याक्रोनले भने- शान्तिको अर्थ युक्रेनको आत्मसमर्पण हुनु हुँदैन » खजुर बेचेरै साउदीले कमाउँछ १ अर्ब २८ करोड बढी रियाल » माओवादी केन्द्रको केन्द्रीय अभियान टोली मोरङमा » प्रचण्ड सहभागी हुने कार्यक्रमको दिन विद्यालय बन्द गर्न माओवादीको दबाब

क्रान्तिकारीमा एकपछि अर्को विवाद, उमेरहदको मतगणनामा पनि किचलो

पुस १४, २०८१ मा प्रकाशित | ५७०दर्शक तीव्रखबर

काठमाडौं- नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको महाधिवेशनमा देखिएको विवाद थामिएको छैन ।

संगठनको राष्ट्रिय सम्मेलनको मतगणनाका क्रममा फेरि विवाद देखिएको हो । नयाँ विवादका कारण क्रान्तिकारीको नयाँ नेतृत्वका लागि भएको मतदानको मतगणना स्थगित भएको छ।

क्रान्तिकारीको मतगणनामा विवाद भएपछि अनिश्चितकालका लागि स्थगित गरिएको हो।

गत असोज १० गतेदेखि सुरू भएको राष्टिय सम्मेलन उमेर हदसबन्धी विवाद बढेपछि स्थगित भएको थियो ।

विवाद मिलाउन शनिबार निर्वाचन गरिएको थियो । तर तर त्यो पनि विवादमा परेपछि अन्तिम समयमा अनिश्चतकाललाई मतगणना स्थगित गरिएको हो ।

अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेरहद लगाउने या नलगाउने भन्ने निर्णय गर्न शनिबार मतदान भएको थियो । मुख्यतयाः बैतडी, दाङ र गुल्मीमा विवाद भएको छ ।

निर्वाचन समितिले भने निर्वाचनका कागजात प्राप्त हुन बाँकी रहेकाले मतगणना स्थगित गरिएको जनाएको छ ।

‘गैह्रभूगोल जिल्लाहरूका मतदान केन्द्रबाट निर्वाचनसम्बन्धी कागजपत्र प्राप्त हुन बाँकी छ’, निर्वाचन समितिले भनेको छ, ‘ती कागजातहरू प्राप्त भएपछि मात्रै गणनाले पूर्णता पाउने हुँदा तत्पश्चात मतपरिणाम सार्वजनिक गरिने छ ।’

प्रतिक्रिया