February 25, 2025, 5:54 am
» सशस्त्र प्रहरी इन्सपेक्टर महत मृत्यु प्रकरण : अर्का इन्सपेक्टर विकेक जोशी पक्राउ » केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो » यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य » सुनको मूल्यले राख्यो नयाँ रेकर्ड, तोलामा पाँच सयले बढ्यो » रौतहटको विद्यालय: बुबा अध्यक्ष, छोरा प्रधानाध्यापक, छोरी शिक्षिका, बुहारी पियन !

प्रतिनिधि सभाको सचिवमा हर्कराज राईको नाम सिफारिस

पुस १४, २०८१ मा प्रकाशित | ५००दर्शक तीव्रखबर

काठमाडौं- तत्कालीन सचिव सुरेश अधिकारीले राजीनामा दिएपछि रिक्त प्रतिनिधि सभाको सचिवमा हर्कराज राईको नाम सिफारिस भएको छ ।

सभामुख देवराज घिमिरेले झापाको शिवसताक्षी गाउँपालिक-२ निवासी राईलाई आइतबार प्रतिनिधि सभाको सचिवमा नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका हुन्।राई भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालको सल्लाहकारका रुपमा कार्यरत छन्।प्रतिनिधिसभाको सचिव बनेको ५ महिनामै अधिकारीले मंसिर ९ मा राजीनामा दिएपछि १ महिनादेखि प्रतिनिधिसभाको सचिव पद रिक्त छ ।

राईले सार्वजनिक प्रशासनमा एमफील, राजनीतिशास्त्र तथा ग्रामीण विकासमा स्नातकोत्तर र अंग्रेजी साहित्य तथा पत्रकारितामा स्नातक गरेका छन् ।

नेपाल सरकारका पूर्वसचिवसमेत रहेका अधिकारीले नियुक्तिको ५ महिनामै राजीनामा दिएका थिए । उनलाई संसद् सचिवालयको भावी महासचिवका रुपमा हेरिएको थियो ।

उनलाई २०८१ जेठ १८ गते प्रतिनिधि सभाको सचिवमा नियुक्त गरिएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १०६ को उपधारा (१) बमोजिम प्रतिनिधि सभाको सचिवमा अधिकारीलाई नियुक्त गरेका थिए ।

पद्मप्रसाद पाण्डेय संघीय संसद्‍को महासचिव भएपछि रिक्त सचिव पदमा उनी नियुक्त भएका थिए । उनलाई तत्कालीन भागबन्डाका क्रममा कांग्रसको कोटाबाट सचिव बनाइएको थियो । वर्तमान महासचिव पाण्डेयलाई एमालेको जोडबलमा अघि बढाइएको थियो ।

प्रतिक्रिया