February 25, 2025, 6:09 am
» अमेरिकी डलरसंगै युरोको मुल्य पनि घट्यो » सशस्त्र प्रहरी इन्सपेक्टर महत मृत्यु प्रकरण : अर्का इन्सपेक्टर विकेक जोशी पक्राउ » केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो » यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य » सुनको मूल्यले राख्यो नयाँ रेकर्ड, तोलामा पाँच सयले बढ्यो

कांग्रेस सांसद चन्द्र भण्डारी भन्छन्ः सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउने हो भने बाँकी रहन्छ को ?

पुस १२, २०८१ मा प्रकाशित | १३५०दर्शक तीव्रखबर

काठमाडौं,

सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारीले सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउने हो भने कुनै नेता पनि बाँकी नरहने बताएका छन्।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने सहकारी ठगी र संगठित अपराधसँगै सम्पत्ति शुद्धीकरणको समेत अभियोगमा कास्की जिल्लामा बयान दिइरहेका बेला सरकारमै रहेको पार्टी कांग्रेसका केन्द्रीय सदस्य भण्डारीले उक्त टिप्पणी गरेका हुन्।

‘सम्पत्ति शुद्धीकरणको मुद्दा जिल्ला जिल्लाबाट जसको जहाँबाट पनि चलाउने हो भने अब बाँकी रहन्छ को ? बुझ्ने कोसिस गर’, शुक्रबार भण्डारीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रतिक्रियामा रमाउने साथीहरूले हतार नगरौँ कि ! सत्यलाई सत्य थाहा हुन्छ।’

प्रतिक्रिया