February 25, 2025, 7:47 am
» आमआदमी पार्टीका १२ विधायक दिनभरका लागि दिल्ली विधानसभाबाट निष्काशित » शिक्षा मन्त्रालयको छात्रवृत्तिका लागि आवेदन दिनेको कमी, प्रधानमन्त्री ओलीको छिटो आवेदन दिन आह्वान » भाषाविद् चूडामणि गौतमको निधन » प्रकाशमानले भने- गुट–उपगुटले कांग्रेस कमजोर भयो » राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँ बजारबाट तान्दै

सहकारी ठगी प्रकरण : बयानका लागि रवि लामिछाने अदालत उपस्थित, लिला पछाईको जारी

पुस ११, २०८१ मा प्रकाशित | ६५०दर्शक तीव्रखबर

पोखरा : पोखराको सूर्यदर्शन सहकारी ठगीका आरोपित लिला पछाईको दोस्रो दिनको बयान सुरू भएको छ। कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले पछाईको बयान जारी रहेको बताए। उनले पछाईको बयान सकिएपछि अन्य प्रतिवादीहरूको बयान सुरु हुने जानकारी दिए।

मंगलबार पूर्वडीआईजी छविलाल जोशीको बयान सकिएपछि सोही दिन पछाईको बयान सुरू भएको थियो। बुधबार सार्वजनिक परेकाले इजलास बसेन। पछाईको बयान सकिएपछि अन्य प्रतिवादीको बयान सुरू हुने जनाइएको छ। रवि लामिछानेको बयान कहिले सुरू हुन्छ भन्ने एकिन भएको छैन।

बयानका लागि पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित अन्य प्रतिवादीहरूलाई अदालत उपस्थित गराइएको छ। लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी,रामबहादुर खनाल,लिला पछाई,कृष्ण गुरूङलगायतलाई अदालत उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। हालसम्म जोशीको मात्रै बयान सकिएको छ।

 न्यायाधीश नीतिज राईको इजलासमा बयान जारी छ।

पोखराको सूर्यदर्शन सहकारीको तर्फबाट जिल्ला अदालत कास्कीले दायर गरेको अभियोग पत्रअनुसार सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धीकरणको बयान कार्य  सोमबारदेखि सुरु भएको हो। सरकारी वकिलको कार्यालयले पोखराको सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको छ।

लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार ७ सय बिगो दाबीसहति मुद्दा दर्ता गरिएको छ। यस्तै पूर्वडीआईजी जोशीविरुद्ध पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग पत्र दायर गरिएको छ। जोशीले ७४ करोड, ३४ लाख ७१ हजार ५५ रुपैयाँ ५२ पैसा गैरकानुनी ढंगले आर्जन गरेको दाबी गर्दै बिगो कायम गरिएको छ।

यसैगरी पछाईंलाई २४ करोड ६७ लाख ७ हजार ३४ रुपैयाँ बिगो कायम गरिएको छ। अर्का प्रतिवादी रामबहादुर खनाललाई १४ करोड ३० लाख ९१ हजार ९ सय ११ रुपैयाँ बिगो कायम गरिएको छ। पछाई र  खनालविरुद्ध पनि सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर भएको छ।

सहकारीको बचत रकम उपचलन गरेको आरोपमा रास्वपा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए। सूर्यदर्शन सहकारी ठगीको मुख्य योजनाकार जीबी राईलगायत अन्य आरोपी भने अझै पनि फरार छन्।

प्रतिक्रिया