February 23, 2025, 2:25 am
» प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै » Trump Signs Executive Order Restricting Chinese Investment in Key Sectors » Four Nepalis killed in road accident while returning from Kumbh Mela

मङ्कीपक्स सङ्क्रमित युवकको स्वास्थ्य सुधारोन्मुख

पुस ११, २०८१ मा प्रकाशित | ८२०दर्शक तीव्रखबर

काठमाडौं– शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकूमा उपचाररत मङ्कीपक्स सङ्क्रमणका एक युवकको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाइएको छ ।

अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले अस्पतालमा उपचाररत तनहुँका ३६ वर्षीय युवकको स्वास्थ्य सुधारोन्मुख रहेको जानकारी दिए ।

उनले निजको अवस्था सामान्य रहेको उल्लेख गर्दै मङ्कीपक्स सङ्क्रमण भएकालाई कम्तीमा तीन साता एक्लै राखेर उपचार गर्नुपर्ने भएकाले सोही अनुरुप गरिएको बताए ।

साउदी अरवबाट आएका ती युवकमा यही पुस ५ गते मङ्कीपक्स सङ्क्रमण रहेको पुष्टि भएको थियो । सोही दिनदेखि निजको उपचार जारी छ ।

प्रतिक्रिया