February 25, 2025, 9:03 am
» प्रेम सम्बन्धका कारण पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका तनावग्रस्त » नवलपरासी पश्चिममा भएको गोलीकाण्डबारे सांसद अमरेशले मागे सरकारको जवाफ » पूर्वबाट रातो सूर्य उदाउँदैछ- प्रचण्ड » ७० वर्षमाथिकालाई राष्ट्रिय परिचयपत्र लागू नगर्न माग » आमआदमी पार्टीका १२ विधायक दिनभरका लागि दिल्ली विधानसभाबाट निष्काशित

रविसहित चार जनालाई बयानका लागि अदालत लगियो, छविसँग बयान जारी

पुस ९, २०८१ मा प्रकाशित | ४८०दर्शक तीव्रखबर

काठमाडौं– सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेसहित चार जनालाई बयानका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ।

सहकारी ठगीमा प्रकरणमा मुद्दा दायर भएका लामिछाने, पूर्व डीआईजी एवं गोर्खा मिडिया नेटवर्ककका तत्कालीन सञ्चालक छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाललाई अदालतमा उपस्थित गराइएको हो । कृष्णबहादुर गुरुङ भने अस्वस्थ भएकाले अस्पताल लगिएको बताइएको छ ।

बयानको पहिलो दिन सोमबार न्यायाधीश नीतिज राईको इजलासमा जोशीको मात्र बयान लिइएको थियो । हिजो उनको बयान नसकिएकाले अहिले उनको बयान जारी रहेको छ । जोशीको बयान सकिएपछि आज रास्वपा सभापति लामिछानेको बयान हुनेछ ।

सबै प्रतिवादीहरूको बयान सकिएपछि थुनचेकको बहस र आदेश हुनेछ ।

प्रतिक्रिया