February 25, 2025, 12:13 pm
» विष सेवन गरेका मन्त्रीका स्वकीय सचिवको मृत्यु » प्रचण्डको चेतावनी- कसैले जनताको अधिकार खोस्न खोजे महँगो पर्ने छ » महाशिवरात्रि पर्वमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन माग » प्रतिनिधिसभा : दुर्घटनामा परेकाको निःशुल्क उपचार गर्न माग » अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल बर्षाले प्रभावित, अझै टस हुन सकेन

कसैले साथ खोजे माओवादी केन्द्र तयार , ‘सरकार आफ्नै कारणले केहीदिनमै ढल्छ’

पुस ७, २०८१ मा प्रकाशित | ६३०दर्शक तीव्रखबर

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्रले सरकारको आयु लामो नभएको दावी गरेको छ। माओवादी केन्द्रका सचिव एवं पूर्वमन्त्री देवेन्द्र पौडेलले वर्तमान कांग्रेस एमालेको सरकार आफ्नै कारणले छिट्टै ढल्ने बताउनु भएको हो ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुराकानी गर्ने क्रममा नेता पौडेलले देशको हितविरुद्ध आ आफ्नो स्वार्थका कारण बनेको वर्तमान सरकार आफ्नै कारणले केहिदिनमै ढल्ने निश्चित भएकोले अरु कसैले ढलाउनु नपर्ने बताउनुभयो

नेता पौडेलले माओवादी आगामी निर्वाचनसम्मै प्रतिपक्षीमा रहने निधो गरिसकेकोले सरकार ढलाउने र उठाउने गरी देशलाई थप अस्थीरतामा धकेल्न नलाग्ने तर कसैले साथ खोजेमा दिन र सहकार्य गर्न भने तयार रहेको बताउनुभयो ।

फरक प्रसङ्गगमा बोल्दै सरकारकै लापरबाहीले संक्रमणकालिन न्यायसम्बधी विषय थप अन्यौलमा धकेलिएको बताउनु भयो। सरकारले यो विषयमा आफ्नै मान्छे नियुक्त गर्न खोज्दा फेरी विवादित बनेको र शान्ति प्रक्रियालाई टुँगो लगाउने काम अन्तिममा पुगेर फेरी अन्यौलग्रस्त उहाँको तर्क थियो । यसले अन्तराष्ट्रिय स्तरमै नेपालको छवीमाथी नै प्रश्न उठाउने दाबी गर्नुभयो ।

प्रतिक्रिया