February 23, 2025, 3:13 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

एनपीएल : विजेता जनकपुरलाई एक करोड १० लाख पुरस्कार

पुस ६, २०८१ मा प्रकाशित | १३२०दर्शक तीव्रखबर

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को यस संस्करणको उपाधि विजेता टोली जनकपुर बोल्ट्सले एक करोड १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ ।

पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा टिमका कप्तान एवम्‌ मार्की प्लेयर आशिफ शेखलाई उक्त रकम बराबरको चेक प्रदान गरिएको हो ।

जनकपुरसँग फाइनलमा हारेको टोली अर्थात् प्रतियोगिताको उपविजेता सुदूरपश्चिम रोयल्सले ५० लाख रुपैयाँ नगद पुरस्कार जितेको छ ।

प्रतियोगितामा तेस्रो स्थान बनाएको कर्णाली याक्सले २० लाख र चौथो स्थान बनाएको चितवन राइनोजले १५ लाख रुपैयाँ नगद पुरस्कार पाएको छ ।

प्रतिक्रिया