February 23, 2025, 3:21 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

एनपीएल फाइनल : सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य

पुस ६, २०८१ मा प्रकाशित | ६५०दर्शक तीव्रखबर

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जित्नका लागि सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १८५ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङ राजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको हो ।

११ ओभरसम्म विकेटविहीन रहेको जनकपुरले त्यस यताको खेलमा पुनरागमन गरेको हो ।

सुदूरपश्चिमका ओपनरद्वय सैफ जाइब र विनोद भण्डारीले ११७ रनको साझेदारी गरे । ११ ओभरको अन्तिम बलमा उनीहरुको साझेदारी टुटे लगत्तै जनकपुरले लगालग विकेट लिएको हो ।

सैफले ४३ बलमा ५९ रन र विनोदले ३१ बलमा ४१ रन जोडे । उनीहरुबाहेक सुदूरपश्चिमका अन्य ब्याटर चल्न सकेनन् ।

प्रतिक्रिया