February 23, 2025, 2:54 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

सुदूरपश्चिमको विकेट लगालग खस्यो, जनकपुरलाई राहत

पुस ६, २०८१ मा प्रकाशित | ४५०दर्शक तीव्रखबर

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि प्रतिस्पर्धामा जनकपुर बोल्ट्सविरुद्ध सुरुवातमा उत्कृष्ट ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले लगालग विकेट गुमाएको छ ।

११ ओभरसम्म आइपुग्दा विकेटविहीन रहेको जनकपुर विकेट विहीन थियो ।  १७ ओभरमा आइपुग्दा जनकपुरले चार विकेट हात पारेको छ ।

ओपनरद्वय सैफ जाइब र विनोद भण्डारीको ११७ रनको साझेदारी टुटाएपछि जनकपुरले लगालग जस्तै विकेट लिएको हो ।

११ ओभरको अन्तिम बलमा सैफ ६९ रन बनाएर आउट भए । १२ ओभरको दोस्रो बलमा विनोद ४१ रन बनाएर आउट भए ।

सुदूरपश्चिमका हर्मीत सिंह १४ ओभरको अन्तिम बलमा आउट भए । उनले ८ बलमा १ छक्काको सहयोगम केबल १४ रन जोडे ।

अर्को ब्याटर ब्रान्ड म्याकमुल्ले पनि १५ ओभरको अन्तिम बलमा ब्याटिङबाट बिदा भए । उनले १२ बलमा १ छक्काको सहयोगमा १४ रन जोडे ।

सुरुवातमा विकेट नखस्दा दबाबमा परेको जनकपुरलाई अहिले केही राहत मिलेको छ । खेल १७ ओभरमा आइपुग्दा सुदूरपश्चिम ४ विकेटको क्षतिमा १५६ रनको अवस्थामा छ ।

प्रतिक्रिया