February 23, 2025, 3:22 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

सुदूरपश्चिमलाई पहिलो क्षति, अर्धशतक बनाएका सैफ आउट

पुस ६, २०८१ मा प्रकाशित | ६४०दर्शक तीव्रखबर

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलमा जनकपुरविरुद्ध पहिला ब्याटिङ गरिरहेको सुदूरपश्चिम रोयल्सले पहिलो विकेट गुमाएको छ ।

११ ओभरको अन्तिम बलमा अर्धशतकका प्रहार गर्ने सुदूरपश्चिम सैफ जाइब पहिलो विकेटको रूपमा आउट भएका हुन् ।

उनले ३९ बलमा ६९ रन जोड्न ८ चौका र २ छक्का प्रहार गरेका थिए । उनलाई जनकपुरका किशोर महतोले ललित राजवंशीमार्फत क्याच गराएर आउट गराएका हुन् ।

यससँगै सुदूरपश्चिमका दुई ओपनरको ११७ रनको साझेदारी टुटेको छ ।

प्रतिक्रिया