February 25, 2025, 12:10 pm
» विष सेवन गरेका मन्त्रीका स्वकीय सचिवको मृत्यु » प्रचण्डको चेतावनी- कसैले जनताको अधिकार खोस्न खोजे महँगो पर्ने छ » महाशिवरात्रि पर्वमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन माग » प्रतिनिधिसभा : दुर्घटनामा परेकाको निःशुल्क उपचार गर्न माग » अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल बर्षाले प्रभावित, अझै टस हुन सकेन

राप्रपा केन्द्रीय कार्यसम्पादन बैठक आज पनि बस्दै

पुस ६, २०८१ मा प्रकाशित | ५८०दर्शक तीव्रखबर

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ ।

अध्यक्ष राजेन्द्र लिङ्देनले पेस गरेका छलफलका एजेण्डामा छलफल नसकिए पछि आज पनि बैठक बस्न लागेको हो ।

हिजोबाट सुरु भएको बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, स्थानी तह उपनिर्वाचनको समीक्षा र पार्टीको स्थानीय तहको अधिवेशनका विषयमा छलफल चलिरहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार जारी बैठकमा पृथ्वी जयन्ती अर्थात् एकता दिवस र पार्टीका विभिन्न कार्यविधि लगायत  विषयमा पनि निर्णय लिने तयारी रहेको छ।

प्रतिक्रिया