February 23, 2025, 3:30 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

गर्भवती महिलामा बर्ड फ्लूको सङ्क्रमण घातकःअनुसन्धान

पुस ५, २०८१ मा प्रकाशित | ९९०दर्शक तीव्रखबर

सिड्नी,  : अष्ट्रेलियाको एउटा अनुसन्धानले धेरैजसो गर्भवती महिलाहरूको लागि बर्ड फ्लूको सङ्क्रमण घातक हुने बताएको छ ।

मेलबर्नको मर्डोक चिल्ड्रेन रिसर्च इन्स्टिच्युट (एमसीआरआई) द्वारा शुक्रबार प्रकाशित गरिएको उक्त अनुसन्धानले एक हजार ५०० भन्दा बढी अनुसन्धान पत्रको समीक्षा गरेको छ ।

अनुसन्धानले ३० महिलामध्ये २७ जनालाई बर्डफ्लु घातक भएको र मृत्युदर ९० प्रतिशत रहेको पाइएको देखाएको छ ।

उच्च रोगजनक एभियन इन्फ्लुएन्जा (एचपीएआई) स्ट्रेन ‘एचफाइभ एनवन’ र ‘एचफाइभ एनटू’ विश्वव्यापी रूपमा बढ्दै गएको प्रकोपसँग सम्बन्धित मानव सङ्क्रमणको रूपमा यो अध्ययन प्रकाशित गरिएको थियो ।

अनुसन्धान टोलीले अनसन्धानले गर्भवती महिलालाई जतिसक्दो चाँडो महामारी योजनामा समावेश गर्ने कुरालाई प्रमुख प्राथमिकतामा राखेको निष्कर्षले देखाएको छ ।

एमसीआरआईका अध्ययन सह–लेखिका राहेल पर्सेलले भन्नुभयो,“गर्भवती महिलाहरूलाई प्रायः खोप परीक्षणहरूबाट वञ्चित गरिएको थियो र सार्वजनिक स्वास्थ्य खोप कार्यक्रमहरूमा ढिलाइको सामना गर्नुपरेको थियो ।

गर्भवती महिलाहरूलाई नियमित रूपमा महामारीविरूद्धको उपचार र अन्य कार्यक्रमहरूमा सहभागी गर्न आवश्यक हुने अनुसन्धानको निश्कर्ष छ ।”

प्रतिक्रिया