February 25, 2025, 12:26 pm
» विष सेवन गरेका मन्त्रीका स्वकीय सचिवको मृत्यु » प्रचण्डको चेतावनी- कसैले जनताको अधिकार खोस्न खोजे महँगो पर्ने छ » महाशिवरात्रि पर्वमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन माग » प्रतिनिधिसभा : दुर्घटनामा परेकाको निःशुल्क उपचार गर्न माग » अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल बर्षाले प्रभावित, अझै टस हुन सकेन

घरजग्गा कारोबारको शिथिलता सरकारले हटाउँछ : उपप्रधानमन्त्री

पुस ५, २०८१ मा प्रकाशित | ५२०दर्शक तीव्रखबर

काठमाडौं- शहरी विकासमन्त्री प्रकाशमान सिंहले घरजग्गा कारोबारमा देखिएको शिथिलतालाई हटाउने प्रतिबद्धता जनाएका छन् ।

शहरी विकास मन्त्रालय सिंहदरबारमा शुक्रबार जग्गा आवास विकासमा देखिएका समा समाधानका लागि सुझाव दिन गठन गरिएको कार्यदलको प्रतिवेदन बुझदै मन्त्री सिंहले घर जग्गा कारोबारलाई थप व्यवस्थित बनाउने प्रतिबद्धता जनाए ।

कार्यदलको प्रतिवेदनमा भएका सुझावलाई मन्त्रालयको तर्फबाट कार्यान्वयनमा लाने मन्त्री सिंहले बताए ।

उनले घर जग्गा तथा आवास क्षेत्रले नेपालको अर्थतन्त्रमा योगदान पुत्याएको भन्दै मन्त्रालयको तर्फबाट यसमा नितिहरु बनाउँदा थप ध्यान दिने बताए ।

सरकार, निजी क्षेत्रको अन्तरक्रिया तथा व्यक्तिगत रुपमा कार्यदलले बुझाएको प्रतिवेदनले नेपालको घर जग्गा तथा आवासको कारोबारलाई उकास्न मद्दत पुग्ने उनले विश्वास जनाए ।

मध्यम र निम्न वर्गका परिवारलाई पनि ‘हाउजिङ’ आवासमा समेटन् मन्त्रालयले आवश्यक पहल गर्ने उनको भनाइ छ ।

शहरी विकास मन्त्रालयका भवन, आवास तथा योजना महाशाखाका प्रमुख दिलीप भण्डारीको संयोजकत्वमा गठन भएको कार्यदलले जग्गा,आवास विकाससँग सम्बन्धित व्यवस्था अध्ययन गरी पुनरावलोकन गर्नुपर्ने विषय पहिल्याएर सुधारसहितको प्रतिवेदन मन्त्रालयलाई बुझाएको हो ।

प्रतिक्रिया