January 23, 2025, 7:01 am
» काभ्रेको महाभारत जङ्गलमा लागेको आगलागी अझै नियन्त्रणमा आएन » भीम रावलको पक्षमा लागेको भन्दै अछामका ६ जना एमालेवाट निष्काषित » अमेरिकामा हिम आँधीका कारण १० जनाको मृत्यु » थाइल्याण्डमा सबैभन्दा ठुलो समलिङ्गी बिबाह समारोह सुरू, आजै ११४८ जोडी बाँधिने » प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

अध्यक्ष दाहालको अर्को राजनीतिक षड्यन्त्र

पुस ५, २०८१ मा प्रकाशित | ५५०दर्शक तीव्रखबर

काठमाडौं,  । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल यति बेला एकाएक राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेको पक्षमा वकालत गर्न थालेका छन् ।

रवि लामिछाने सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परेर अहिले उनी प्रहरीको हिरासतमा रहेका छन् ।

लामिछानेमाथि सीआइबीले अनुसन्धान र छानविन गरिरहेको र प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाईसकेको छ ।

प्रहरीले अनुसन्धान गरी प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ ।

सरकारी वकिल कार्यालयले अनुसन्धान गरिरहेको बेला अध्यक्ष दाहाल एकाएक रविको पक्षमा उभिएका छन् । त्यसको एउटै कारण हो रविका पक्षमा देखिएको समर्थन ।

चितवनमा पुगेर अध्यक्ष दाहालले सहकारी ठगी प्रकरामा रवि निर्दोष रहेको बताउँदै गर्दा रविका समर्थहरूले तालीले स्वागत गरेका थिए ।

अध्यक्ष दाहाल २०६४ को निर्वाचन पछि कुनै एउटा क्षेत्रबाट निर्वाचित लडेका छैनन् ।

प्रत्येक पटक निर्वाचन क्षेत्र फेर्दै हिड्नु पर्ने बाध्यता उनलाई भएकाले उनलाई आउँदो निर्वाचनमा रविको समर्थनबाट चितवन निर्वाचन क्षेत्रबाटै निर्वाचन लड्ने रणनीतिक उदेश्यका साथ रविको पक्षमा उभिएका छन् ।

अध्यक्ष दाहालको अनुसार वर्तमान केपी ओली नेतृत्वको सरकारले रविलाई प्रतिशोध लिएको भन्दै रवि समर्थकहरूलाई खुसी पार्ने दाहालले रणनीति लिएका भएपनि त्यसको कुनै सत्यता नहरको प्रष्ट रुपमै देखिएको छ ।

अदालतको अनुमतिमा रवि पक्राउ परेका हुन् । संसदीय छानविन समितिले सहकारी ठगी प्रकरणका विषयमा रविमाथि छानविन हुनुपर्ने प्रतिवेदन संसदमा बुझाएको र संसदले एकमतले सो प्रतिवेदन स्वीकार गर्दै कार्यान्वयनका लागि सरकारलाई पठाएकोमा सरकारले प्रतिवेदन कार्यान्वयन गरेको हो ।

संसदीय छानविन समितिमा कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा लगायतका सांसदहरूको प्रतिनिधित्व रहेकोमा सबैको सहमतिमा प्रतिवेदन सर्वसम्मत ढँगले पारित भएकोमा आफ्नै पार्टीका सांसदले पारित गरेको प्रतिवेदनमा प्रतिशोध लिइयो भन्नु अध्यक्ष दाहालको अर्को राजनीति षड्यन्त्र बाहेक अन्य केही हुन सक्दैन ।

रास्वपाको समर्थन लिएर वर्तमान सत्ता गठबन्धनलाई फाल्ने रणनीतिक उदेश्यका साथ दाहालले अभिव्यक्ति दिँदै आएका खबर अभियान साप्ताहिकमा छ  ।

दाहालले नै प्रधानमन्त्री रहेका बेला संसदीय छानविन समिति बनाइएको थियो ।

एमालेका अध्यक्ष केपी ओलीले त्यतिबेला संसदीय छानविन समिति आवश्यक नहुने बताउँदा समेत दाहाल र रविकै माग बमोजिम छानविन समिति बनाइएकोमा अहिले आएर रविमाथि सरकारले प्रतिशोध लियो भने अर्को राजनीति षड्यन्त्र बाहेक अर्को केही हुन सक्दैन ।

प्रतिक्रिया