February 25, 2025, 12:58 pm
» विष सेवन गरेका मन्त्रीका स्वकीय सचिवको मृत्यु » प्रचण्डको चेतावनी- कसैले जनताको अधिकार खोस्न खोजे महँगो पर्ने छ » महाशिवरात्रि पर्वमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन माग » प्रतिनिधिसभा : दुर्घटनामा परेकाको निःशुल्क उपचार गर्न माग » अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल बर्षाले प्रभावित, अझै टस हुन सकेन

संघीयता कार्यान्वयनसँगै दिगो विकासमा राहत : सभामुख

पुस ४, २०८१ मा प्रकाशित | ६८०दर्शक तीव्रखबर

काठमाडौं – सभामुख देवराज घिमिरेले मुलुकमा संघीयता कार्यान्वयनमा आएसँगै तीनै तहको सरकार दिगो विकासका लक्ष्य हासिल गर्न अगाडि बढिरहेको  बताएका छन् ।

नेपाल प्रशासनिक  प्रशिक्षण प्रतिष्ठान र गभरनेन्स ल्याबको संयुक्त आयोजनामा ‘प्रादेशिक एवं स्थानीय शासन सबलीकरण तथा समावेशी आर्थिक विकास विषयक’ समारोहको उद्घाटन गर्दै सभामुख घिमिरेले दिगो विकास साझा उद्देश्यका प्राप्ति तीनै तहको सरकार सबै क्षेत्र,लिंग,भाषा धर्म,संस्कृति अल्पसङ्ख्यक समुदाय समेटेर अगाडि बढिरहेको बताएका हुन् ।

सभामुख घिमिरेले सङ्घीयता कार्यान्वयनका क्रममा देखिएको केही मत भिन्नतालाई आगामी दिनमा संरचनागत,प्रक्रियागत र नीतिगत व्यवस्थामा सुधार गर्ने बताए ।

सङ्घीयता घोषणा भएको १० वर्ष पुग्नै लाग्दा आयोजना भएका यस्ता सम्मेलनले नेपालको सङ्घीयता कार्यान्वयनमा सुधार गरी अग्रगामी रणनीतिहरू तय गर्न थप सहयोग पुग्ने सभामुख घिमिरेले विश्वास व्यक्त गरे । संविधानलाई जीवन्त र समय सापेक्ष बनाइराख्न कानुनी प्रावधानबारे छलफल गर्न आवश्यक रहेकोमा उनले जोड दिए।

कार्यक्रममा सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले सङ्घीयता लागु भएसँगै न्यायपालिको न्यायिक शक्ति पनि राज्यका तीनै तहमा बाँडफाँट भएको बताए । सङ्घीयताले समावेशितालाई राज्यका स्रोत साधन र पहुँचलाई तीन तहको सरकार पुन वितरणको प्रक्रियामा लान सहयोग पुगेको उनले धारणा व्यक्त गरे।

उनले सङ्घीयतामा समावेशिताको सकारात्मक पाटोले अहम् भूमिका खेलेको भन्दै राज्यका तीनै संरचना एकताबद्ध हुनुपर्ने बताए।

प्रतिक्रिया