February 23, 2025, 3:02 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

महिलाहरूको पाठेघरको निःशुल्क परीक्षण

पुस ४, २०८१ मा प्रकाशित | ८८०दर्शक तीव्रखबर

काठमाडौं – ‘स्वास्थ्यलाई प्राथमिकता दिऔँ, आफ्नो र आफ्नो परिवारको स्वास्थ्य परीक्षण गराऔँ’ भन्ने नारासहित पुस ६ गते कोटेश्वरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना हुने भएको छ ।

कोटेश्वर ढकाल समाज र कान्तिपुर अस्पतालको सहकार्यमा आउने शनिबार निःशुल्क स्वास्थ्य शिविर हुने भएको हो । कान्तिपुर अस्पतालका मेडिकल निर्देशक तथा वरिष्ठ चिकित्सकहरुद्धारा स्वास्थ्य जाँच गरिने आयोजकले जानकारी दिएको छ ।

शिवरमा स्त्री तथा प्रसूति सेवा अन्तर्गत महिलाहरूको लागि पाठेघरको परीक्षण (पाप टेस्ट) पनि गरिन्छ । यो परीक्षणले पाठेघरको क्यान्सर तथा अन्य स्वास्थ्य समस्याहरूको सुरुवाती अवस्था पत्ता लगाउन मद्दत मिल्नेछ । त्यस्तै, सुगर जाँच, रक्तचाप, इसीजी लगायतका स्वास्थ्य सेवा निःशुल्क हुनेछ । शिविरमा रक्तदानको कार्यक्रम समेत रहेको छ ।

साथै, कार्यक्रम बिहान ८ बजेदेखि दिउसो १ बजेसम्म रहनेछ । दीपिका स्कुलको प्राँङगणमा हुने आयोजकले बताएको छ ।

प्रतिक्रिया