February 23, 2025, 3:09 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

कर्णालीले जनकपुरलाई दियो ११९ रनको लक्ष्य

पुस ४, २०८१ मा प्रकाशित | ६९०दर्शक तीव्रखबर

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको दोस्रो क्वालिफायरमा कर्णाली याक्सका ब्याटर नचल्दा जनकपुर बोल्ट्सले ११९ रनको सहज लक्ष्य पाएको छ ।

कीर्तिपुर मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णाालीले २० ओभरमा ९ विकेट गुमाउँदै ११८ रन बनाएको हो ।

क्वालिफायरमा जनकपुरका बलर सामु कर्णालीका ब्याटर टिक्न सकेनन् । गुलशन झाले सर्वाधिक २५ रन जोडे । उनले २० बलमा १ चौका र २ छक्काको सहयोगमा २५ रन जोडे ।

२० बल खेलेका अर्का ब्याटर ओपनर देव खनालले २४ रन बनाएर । उनले ३ चौका र १ छक्का प्रहार गरेका थिए ।

प्रतिक्रिया