February 23, 2025, 2:59 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

ब्याटर नचल्दा सकंटमा कर्णाली, १०० रन पुग्दा गुमायो ७ विकेट

पुस ४, २०८१ मा प्रकाशित | ६००दर्शक तीव्रखबर

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको दोस्रो क्वालिफायर खेलमा जनकपुर बोल्टस्विरुद्ध पहिला ब्याटिङमा उत्रिएको कर्णाली संकटमा परेको छ ।

कर्णालीले १०० रन पूरा नगर्दै ७ विकेट गुमाएको हो । १२ दशमलव ३ ओभरमै कर्णालीले ७९ को अवस्थामा ६ विकेट गुमाएको थियो । त्यसपछि कप्तान सोमपल कामीलाई सय रन पुग्दा गुमायो । सोमपाल केबल ८ बलमा ५ रन बनाउँदै आउट भए ।

कर्णालीका कुनै पनि ब्याटर टिकेर खेल्न सकेका छैनन् । अहिलेसम्म सबैभन्दा बढी रन बनाउने ओपनर देव खनाल हुन् । उनले २० बलमा ३ चौका १ छक्काको सहयोगमा २४ रन जोडे ।

अर्का ओपनर जयकिशन कोलसेवालाले ४ बल खर्चेर १ रन बनाए । जिशान मकसूद ११ बलमा २ चौकाको सहयोगमा १२ रन जोडे ।

विलियम बिसस्टो पनि सस्तैमा पवेलियन फर्किए । उनले १५ बल खर्चेर १ चौकाको सहयोगमा १४ रन जोडे ।

चाडबिक १३ बल खर्चेर १ चौकाको सहयोगमा वाल्टन ११ रन जोडे । अर्जुन घर्ती ३ बलमा २ रन जोडेर ब्याटिङबाट बिदा भए ।

अहिले क्रिजमा गुलशन झा र सोमपाल कामी छन् ।

१५ ओभरमा आइपुग्दा कर्णालीले ७ विकेटको क्षतिमा १०१ रन बनाएको छ । कीर्तिपुर मैदानमा जनकपुरले टस जितेर पहिला ब्याटिङ रोजेको हो ।

प्रतिक्रिया