February 25, 2025, 1:31 pm
» विष सेवन गरेका मन्त्रीका स्वकीय सचिवको मृत्यु » प्रचण्डको चेतावनी- कसैले जनताको अधिकार खोस्न खोजे महँगो पर्ने छ » महाशिवरात्रि पर्वमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन माग » प्रतिनिधिसभा : दुर्घटनामा परेकाको निःशुल्क उपचार गर्न माग » अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल बर्षाले प्रभावित, अझै टस हुन सकेन

रविको भाइरल फोटोको अनुसन्धान भइरहेको छ : गृहमन्त्री

पुस ४, २०८१ मा प्रकाशित | ४४०दर्शक तीव्रखबर

काठमाडौ / गृहमन्त्री रमेश लेखकले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासत कक्षबाट बाहिरिएको भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको फोटोका सम्बन्धमा अनुसन्धान भइरहेको बताउनुभएको छ । भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री लेखकले प्रहरीलाई त्यसबारे गम्भीरतापूर्वक छानबिन गर्न भनिएको उल्लेख गर्नुभयो ।

उहाँले सत्यतथ्य बाहिर ल्याउन निर्देशन दिएको उल्लेख गर्दै भन्नुभयो, ‘भाको के हो सत्यतथ्य बाहिर आउँछ । त्यसपछि कारवाही प्रक्रिया अगाडि बढ्छ ।’ सहकारी ठगी आरोपमा अनुसन्धान जारी रहेका रास्वपा सभापति तथा पूर्व गृहमन्त्री लामिछानेको प्रहरी हिरासतमा सुतेको भनिएको फोटो हिजोदेखि सामाजिक सञ्जालम भाइरल भएको छ ।

प्रतिक्रिया