February 25, 2025, 12:58 pm
» विष सेवन गरेका मन्त्रीका स्वकीय सचिवको मृत्यु » प्रचण्डको चेतावनी- कसैले जनताको अधिकार खोस्न खोजे महँगो पर्ने छ » महाशिवरात्रि पर्वमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन माग » प्रतिनिधिसभा : दुर्घटनामा परेकाको निःशुल्क उपचार गर्न माग » अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल बर्षाले प्रभावित, अझै टस हुन सकेन

महन्थ ठाकुरले थपे ८ जना केन्द्रीय सदस्य

पुस ४, २०८१ मा प्रकाशित | ४५०दर्शक तीव्रखबर

काठमाडौं -महन्थ ठाकुर नेतृत्वको  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा ८ जना केन्द्रीय सदस्य थपिएको छ । अर्का वरिष्ठ नेता राजेन्द्र महतो पार्टीबाट बाहिरिएपछि अध्यक्ष ठाकुरले धमाधम नयाँ अनुहारलाई मनोनीत गरिरहेका छन् ।

जसअनुसार हालै थप ८ जनालाई केन्द्रीय कमिटीमा मनोनीत गरेका हुन् ।

यसरी मनोनीत हुनेहरूमा सप्तरीका श्याम सरदार, सिराहका जीवछप्रसाद यादव, धनुषाका सुनिलकुमार यादव, सर्लाहीका जगत महरा, रौतहटका रामप्रवेश दास तत्मा, बाराकी मञ्जु कार्की, कन्चनपुरका भोगादेवी राणा थारु र कास्कीका रवीन्द्र सुनार रहेको जनाइएको छ ।

सो सँगै लोसपाको केन्द्रीय कमिटी ३ सय ५५ सदस्यीय पुगेको छ ।

प्रतिक्रिया