February 24, 2025, 9:22 am
» पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्ने » ग्रिस र स्विडेन पठाइदिन्छु भन्दै ठगि गर्ने दुई जना पक्राउ » युएसएडबाट सञ्चालित कार्यक्रम बारेका समाचार र टिप्पणीप्रति अर्थमन्त्रालयको ध्यानाकर्षण » डा. स्वर्णिम वाग्लेले संसदमा परिवारका सबै सदस्यलाई श्रद्धाञ्जली दिएको भन्दै रामहरि खतिवडाको नियमापत्ति » महिला सशस्त्र प्रहरी इन्स्पेक्टरको शंकास्पद मृत्यु : अर्का इन्स्पेक्टरमाथि आत्महत्या दुरुत्साहनको जाहेरी

किशोरीको शव पाँच दिनपछि उनकै खाटमा

पुस ४, २०८१ मा प्रकाशित | ५७०दर्शक तीव्रखबर

काठमाडौं / सतुङ्गलमा बस्दै आएकी धादिङकी एउटी किशोरीको हत्यामा संलग्न अभियुक्त फेला परेका छन् । खरिबोटस्थित वीरेन्द्र श्रेष्ठको घरमा भाडामा बसेर बिष्णु देवी शिक्षा सदन माध्यमिक विद्यालय नैकापमा कक्षा १० मा अध्ययनरत १७ वर्षीया सरिता तामाङको आफ्नै कोठामा शव फेला परेपछि अभियुक्तको रुपमा प्रहरीले २४ वर्षे विश्वास तामाङलाई नियन्त्रणमा लिएको बताइएको छ ।

धादिङको गजुरी गाउँपालिका वडा नम्बर ४ घर भएकी किशोरी सरिता मंसिर २९ गते रातिदेखि हराएको भनिएको थियो । उनका दाजु नवीन रुम्बा तामाङले पुस १ गते बहिनी गत शनिबार मध्यरातदेखि हराएकाले हुलियासहित प्रहरीमा निवेदन दिएका थिए ।

प्रहरी परिसर काठमाडौं र मातहत कार्यालयको पहलमा गरिएको खोजतलासमा किशोरीको शव हिजो दिउँसो ३ बजे उनकै कोठाको लोबेडमा फेला परेको हो । त्यसपछि प्रहरीले काठमाडौं १४, खड्कागाउँस्थित डेरामा बस्दै आएका विश्वासलाई हिजो राति उनकै कोठाबाट नियन्त्रणमा लिएको थियो ।

अभियुक्तको स्थायी ठेगाना गजुरी गाउँपालिका वडा नम्बर ३ भएको बताइन्छ । उनको साथबाट प्रहरीले मृतकको मोबाइल सेट एक थान पनि फेला पारेको छ ।

प्रतिक्रिया