February 25, 2025, 1:11 pm
» विष सेवन गरेका मन्त्रीका स्वकीय सचिवको मृत्यु » प्रचण्डको चेतावनी- कसैले जनताको अधिकार खोस्न खोजे महँगो पर्ने छ » महाशिवरात्रि पर्वमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन माग » प्रतिनिधिसभा : दुर्घटनामा परेकाको निःशुल्क उपचार गर्न माग » अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल बर्षाले प्रभावित, अझै टस हुन सकेन

किन भए डा.शेखर आक्रमक ?

पुस ४, २०८१ मा प्रकाशित | ६६०दर्शक तीव्रखबर

काठमाडौं, । महामन्त्री गगन थापाले संस्थापनको चाकडी गर्दा डा.शेखर कोइरालालाई खुद परेको छ ।

डा.शेखर, डा.शशांक र सुजाताबीचमा एकता भएको खण्डमा सभापति देउवाले कोइराला परिवारको नासो उत्तै सुम्पने चर्चा छ ।

उनले राज्य दमन विरुद्ध लागेर जनताको साथ लिएका छन् । सहकारी ठगी कारबाहीको प्रक्रिया सबैको बराबर हो ।

त्यसमा पनि पूर्व गृह तथा उपप्रम बनाउँदा यी नै प्रधानमन्त्री केपी ओलीले अगाडि सारेको पात्र रास्वपाका सभापति रवि लामिछाने अहिले ओली कांग्रेसको शासनका मुल अपराधी झैं विभेद भएको छ ।

कांग्रेसका धनराज एमालेका ऋषिकेश सहकारी रकम अपचलनका सहभागीलाई सरकारले अनुसन्धान समेत गरेन ।

तर, रास्वापका सभापतिलाई अनुसन्धान गर्ने नाउमा ठाउँ सार्दै अमानवीय व्यवहार गरिएको छ ।

मध्यरातमा चितवनबाट पोखरा ल्याइएको विषयले नेपाल प्रहरीका आईजीपी बसन्त बहादुर कुँवरलाई समेत तान्यो ।

रविलाई मध्यरातमा चितवन पोखरा गर्नुको रहस्य के थियो ?

कांग्रेसका डा.कोइरालाले पार्टीमा वरियताक्रम नमिल्दा सुरुदेखि असन्तुष्टि प्रकट गर्दै आएका छन् । तर, संस्थापनले सुनेको छैन ।

डा.शेखर गुटबाट महासचिव जितेका गगन थापा नै संस्थापनको चमेनामा अल्मलिदा कोइराला समूह भित्र खैलाबैला मच्चिएको छ ।

प्रतिक्रिया