February 25, 2025, 1:24 pm
» विष सेवन गरेका मन्त्रीका स्वकीय सचिवको मृत्यु » प्रचण्डको चेतावनी- कसैले जनताको अधिकार खोस्न खोजे महँगो पर्ने छ » महाशिवरात्रि पर्वमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन माग » प्रतिनिधिसभा : दुर्घटनामा परेकाको निःशुल्क उपचार गर्न माग » अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल बर्षाले प्रभावित, अझै टस हुन सकेन

वर्तमान सरकार आगामी निर्वाचनसम्मै रहने : नेता खतिवडा

पुस ४, २०८१ मा प्रकाशित | ४८०दर्शक तीव्रखबर

काठमाडौं,  । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले वर्तमान सरकारले भ्रष्टचारमा मुछिएका र दोषि ठहरिएकालाई आफ्नो र अर्काको नभनेर निष्पक्ष रुपमा छानविन गर्ने बताउनुभएको छ ।

सहकारी पीडितहरुलाई न्याय दिन र ठगीमा नाम जोडिएका, दोषि मानिएका सबैलाई कानुनी दायरामा ल्याइने उहाँको भनाइ छ ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहससँग कुरा गर्दै खतिवडाले सत्तापक्ष कै नेता मन्त्री भए पनि प्रमाण र तथ्यका आधारमा यदि दोषी देखिन्छन् भने उनीहरुलाई कानुन अनुसार कारबाही हुने कुरामा शंका नगर्न उहाँको आग्रह छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेमाथि कुनै पनि राजनीतिक पूर्वाग्रही नभएको दाबी गर्दै उहाँले कानुन अनुसार उहाँमाथि छानविन र कारबाहि भइरहेको स्पष्ट पार्नुभयो । जस्ले बदमासी गर्छ तयो सजायको भागिदार हुनै पर्ने उहाँको तर्क छ ।

यस्तै, वर्तमान सरकार आगामी निर्वाचन सम्मै रहने नेता खतिवडाको भनाइ छ ।

खतिवडाले कांग्रेस एमालेको गठबन्धन देश र जनताको लागि बनेकाले पहिलो प्राथमिकतामा राखेर काम गर्ने र गरिरहेकोसमेत दााबी गर्नुभएको छ ।

प्रतिक्रिया