February 25, 2025, 3:33 pm
» ताप्लेजुङको निषेधाज्ञा हटाइयो » मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक, के के छन् प्रमुख विशेषता ? » धनगढीमा राप्रपाको बाइक र्याली » धनगढीबाट गणतन्त्रविरूद्ध बिगुल फुकियो, यसको नतिजा चैतमा काठमाडौंमा हुन्छ : धवलशमशेर » महाशिवरात्रीको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओली पशुपतिमा

बार अध्यक्षविरुद्धको मुद्दा ६ नम्बर इजलासमा

पुस ३, २०८१ मा प्रकाशित | ४००दर्शक तीव्रखबर

नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको अदालतको अवहेलनासम्बन्धी मुद्दा पेशी चढेको छ ।

न्यायाधीशद्धय डा.नहकुल सुवेदी र नित्यानन्द पाण्डेयको ६ नम्बर इजलासमा मुद्दाको पेशी तोकिएको हो । मुद्दा पेशी सूचिको ३२ नम्बरमा परेको छ ।

सूचिको अन्तिममा परेकाले मुद्दाउपर आज सुनुवाई हुने सम्भावना न्यून छ । न्याय परिषद्ले लेनदेनका आधारमा न्यायाधीश नियुक्त गरेको गम्भीर आरोप लगाएपछि सर्वोच्चका तत्कालीन उपरजिष्टार गोविन्द घिमिरेले असोज १४ गते उनीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेका थिए ।

अफिसर अफ द कोर्टको रूपमा रहेका एक जिम्मेवार वरिष्ठ अधिवक्ताले यसप्रकारको अभिव्यक्ति दिएकाले उनलाई अदालतमा झिकाई बयान गराई आवश्यक कानुनी कारबाही गर्नुपर्ने माग प्रतिवेदनमा गरिएको छ ।

न्यायाधीशद्धय कुमार रेग्मी र डा.कुमार चुँडालको संयुक्त इजलासले यसअघि सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।

प्रतिक्रिया