February 24, 2025, 9:58 am
» यस्तो छ महाशिवरात्रीको ट्राफिक व्यबस्थापन, ८९० प्रहरी खटिने » राजेन्द्र महतोको नजरमा एमाले अवसरवादी गुटको समुह, माओवादीले जनताको विश्वास गुमायो » पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्ने » ग्रिस र स्विडेन पठाइदिन्छु भन्दै ठगि गर्ने दुई जना पक्राउ » युएसएडबाट सञ्चालित कार्यक्रम बारेका समाचार र टिप्पणीप्रति अर्थमन्त्रालयको ध्यानाकर्षण

दुर्गा प्रसाईंको रिटमा कारण देखाऊ आदेश

पुस ३, २०८१ मा प्रकाशित | ५२०दर्शक तीव्रखबर

आफूलाई व्यवस्थाविरोधी अभियन्ता भनाउँदै आएका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश दिएको छ ।

न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले कारण देखाऊ आदेश गरेको हो । अदालतले बन्दीसहित उपस्थित हुन पनि भनेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा गत मंसिर ४ गते भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईं काठमाडौं जिल्ला अदालतको आदेशपछि ४० हजार रुपैयाँ धरौटी बुझाएर छुटेका थिए । तर, रिहा हुनेबित्तिकै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई आपराधिक लाभसम्बन्धी अर्को कसूरमा पक्राउ गरेको हो ।

उनलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै छोरा निराजन प्रसाईंले हिजो बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । रिटमा सीआईबी, प्रहरी प्रधान कार्यालय, गृह मन्त्रालय र काठमाडौं जिल्ला अदालतलाई विपक्षी बनाइएको छ ।

प्रतिक्रिया