February 23, 2025, 3:33 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

१० ओभरमा जनकपुरले बनायो ६१ रन

पुस ३, २०८१ मा प्रकाशित | ४८०दर्शक तीव्रखबर

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सले १० ओभरमा ६१ रन बनाएको छ। टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङको निर्णय लिएको जनकपुरले १० ओभरमा ३ विकेट गुमाउँदै ६१ रन बनाएको हो।

पहिलो ६ ओभरमा २ विकेट गुमाउँदै ३७ रन बनाएको जनकपुरले पछि रन आउटका रुपमा शुभलाई गुमायो। जनकपुरका लागि पहिलो विकेटका रूपमा लाहिरु मिलान्थालाई गुमायो। मिलान्थालाई दीपेन्द्र सिंह ऐरीले १२ रनमा एलबीडब्ल्यू गर्दै पेभेलियन फर्काए। मिलान्थाले १४ बलमा ३ चौका प्रहार गरेका हुन्।

दोस्रो विकेट कप्तान आसिफ शेखको गयो। उनलाई सैफ जैबले बोल्ड आउट गरेका हुन्। उनले १० बलमा २ चौका प्रहार गर्र्दै ११ रन बनाए। जनकपुरको तेस्रो विकेट शुभ कन्साकरको गयो। उनी २६ रन बनाउँदै रन आउट भए। उनले २४ बलमा ४ चौका प्रहार गरेका हुन्।

प्रतिक्रिया