February 23, 2025, 3:25 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप नेपाल आइपुग्यो

पुस ३, २०८१ मा प्रकाशित | ६४०दर्शक तीव्रखबर

काठमाडौं– पाठेघरको मुखको क्यान्सर विरुद्ध प्रयोग हुने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप नेपाल आइपुगेको छ ।

आगामी २२ माघ देखि सुरु हुन लागेको अभियानका लागि पहिलो खोप  ‘ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन’ ९गाभी० को सहयोगमा चिनियाँ कम्पनी इनोभ्याक्सले उत्पादन गरेको सिकोलिन ब्राण्डको यो खोपको पहिलो खेप ४ लाख ६० हजार ९४० भाइरल खोप आइपुगेको स्वास्थ्य सेवा विभागले जनाएको छ । यो अभियानका लागि कुल १७ लाख ७० हजार २० भाइरल खोप आउनेछ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाका प्रमुख डा।अभियान गौतमका अनुसार एचपीभी खोप अभियानमा १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७६८ जना किशोरीले निशुल्क खोप पाउने छन् । यो खोप अभियान माघ २२ देखि फागुन ६ गतेसम्म १५ दिन चल्ने छ ।

खोप अभियानमा १८ हजार ९०० वटा विद्यालयलाई यो खोपका लागि केन्द्र तोकिएको छ । विद्यालय बाहेकका स्वास्थ्य संस्थाहरुमा पनि खोप पाइनेछ । अभियानमा २७ हजार ८० जना स्वास्थ्यकर्मी, ५४ हजार १६० जना स्वयंसेवक, १५ हजार ६७४ जना सुपरिवेक्षक परिचालन हुने गौतमले बताए ।

एचपीभी खोप लगाउँदा एचपीभीको संक्रमणबाट हुने क्यान्सरलाई ७० प्रतिशतले घटाउन सहयोग पुर्‍याउने पाइएको छ ।

प्रतिक्रिया