February 23, 2025, 3:20 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

पावरप्लेमा जनकपुरले गुमायो दुवै ओपनर

पुस ३, २०८१ मा प्रकाशित | ४७०दर्शक तीव्रखबर

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफार्यसमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सविरुद्ध पावरप्लेमा ३७ रन बनाएको हो । त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङको निर्णय लिएको जनकपुरले ६ ओभरमा २ विकेट गुमाउँदै ३७ रन बनाएको हो ।

जनकपुरका लागि पहिलो विकेटका रुपमा लाहिरु मिलान्थालाई गुमायो । मिलान्थालाई दिपेन्द्र सिंह ऐरीले १२ रनमा एलबीडब्ल्यू गर्दै पेभेलियन फर्काए । मिलान्थाले १४ बलमा ३ चौका प्रहार गरेका हुन् ।

दोस्रो विकेट कप्तान आसिफ शेखको गयो । उनलाई सैफ जैबले बोल्ड आउट गरेका हुन् । उनले १० बलमा २ चौका प्रहार गर्दै ११ रन बनाए । सुदूरका लागि दिपेन्द्र सिंह ऐरी र सैफ जैबले समान १/१ विकेट लिए ।

प्रतिक्रिया