February 25, 2025, 3:12 pm
» धनगढीमा राप्रपाको बाइक र्याली » धनगढीबाट गणतन्त्रविरूद्ध बिगुल फुकियो, यसको नतिजा चैतमा काठमाडौंमा हुन्छ : धवलशमशेर » महाशिवरात्रीको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओली पशुपतिमा » विष सेवन गरेका मन्त्रीका स्वकीय सचिवको मृत्यु » प्रचण्डको चेतावनी- कसैले जनताको अधिकार खोस्न खोजे महँगो पर्ने छ

पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र अघि सर्नुको विकल्प छैन : मन्त्री पाण्डे

पुस ३, २०८१ मा प्रकाशित | ३६०दर्शक तीव्रखबर

काठमाडौं :  संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र अघि सर्नु पर्नेमा जोड दिएका छन्। बुधबार नेपाल हस्तकला महासंघले राजधानीमा आयोजना गरेको नेपाल–चाइना सांस्कृति शिखर सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन्।

‘पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र अघि सर्नुको विकल्प छैन,’उनले भने,’ निजी क्षेत्र अघिअघि सरकार पछिपछि भएपछि मात्रै पर्यटन क्षेत्रको विकास सम्पन्न हुन्छ।’

उनले चिनियाँहरूले संस्कृतिभित्र पनि अमूर्त पक्षलाई ‘स्टोरी टेलिङ’को माध्यमबाट पर्यटन क्षेत्रको प्रचार पसार गरिरहेको प्रति खुसी व्यक्त गरे।  मन्त्री पाण्डेले भौतिक संस्कृतिले मात्रै धेरै कुरा नबोल्ने भएकाले मूर्त र अमूर्त संस्कृतिलाई जोड्न ‘स्टोरी टेलिङ’को महत्व हुने बताए।

उनले प्रकृतिमाथिको खतराबाट जोगिन पर्यावरणमैत्री पर्यटनमा जोड दिए। मन्त्री पाण्डेले पछिल्लो समय आइटी क्षेत्रको विकासले शिखर चुमेको उल्लेख गर्दैडिजिटल टुरिजम विकासतर्फ समेत ध्यान दिएर अघि बढ्नु पर्नेमा जोड दिए।

उनले नेपाल र चीनबीच प्राचिन समयदेखि नै चित्रकला, काष्ठ कलालगायतका विषय समेत जोडिएको स्मरण गर्दै नेपाल चाइना शिखर सम्मेलनले दुई देशबीचको सम्बन्ध थप मजबुद हुने विश्वास व्यक्त गरे। उनले स्थलमार्ग र हवाईमार्गमार्फत नेपाल प्रवेश गर्ने पर्यटकहरूको सहजताका लागि सरकारको तर्फबाट कुनै पनि कसुर बाँकी नराख्ने बताए।

प्रतिक्रिया