September 8, 2024, 5:00 am
» दश जोडीको दाइजोमुक्त सामूहिक विवाह » पाँचथर बम विस्फोट : घाइतेको उपचारको जिम्मा लियो सरकारले » डेंगु संक्रमणबाट झापामा एक बालकको मृत्यु » सुत्केरी मृत्यु प्रकरण: दोषीलाई कारवाही र पीडित परिवारलाई क्षतपूर्ति दिने सहमतिपछि शव पोष्टमार्टमका लागि पठाईयो » गणेश चतुर्थी पर्व मनाइँदै

‘रोधी घर’ मा बिकास र रञ्जिताको रोमान्स[ भिडियो]

साउन ७, २०८१ मा प्रकाशित | ६१०दर्शक तीव्रखबर

काठमाडौंँ । ‘रोधी घर’लाई नेपालीको पहिचानको रुपमा लिन सकिन्छ ।

बिशेष गरेर गुरुङ समुदायबाट भित्रिएको यो संस्कृतिलाई बालकदेखि बृद्धसम्मले गीत मार्फत दुःख बिर्सिने चौतारीको रुपमा पनि लिइन्छ ।

विकासको गतिसँगै रोधी घर ‘दोहोरी साँझ’ रुपान्तर भएसँगै अश्लिलता पनि भित्रिएको छ ।

त्यसैले कतिपयले यसलाई आलोचना समेत गरिरहेका छन् ।

यस्तैमा ‘रोधी घर’ संस्कृतिमै गीतकार विकास घले गुरुङले नयाँ गीत ‘रोधी घर’ ल्याएका छन् ।

गीत भिडियो सहित अमेरिकाको पेन्सलभेनियमै एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो ।

एनआरएनए पेन्सलभेनिया च्याप्टरका उपाअध्यक्ष अभिषेक थापा, युनाईटेड गुरुङ सोसाईटी अफ अमेरिकाका अध्यक्ष प्रदीप गुरुङ लगायतले कार्यक्रममा गीतको प्रसंसा गर्दै ‘रोधी घर’ले हराउदै गएको नेपाली कलासंस्कृतिको संरक्षण गरेको धारणा राखे ।

गीतका गीतकार गुरुङले आफु जहाँ रहेपनि नेपाली कलासंस्कृति बिर्सन नसक्ने भन्दै कलासंस्कृतिको जगेर्नाका लागि गीत निर्माण गरेको बताए ।

दीपक गुरुङ र सोनम गुरुङको स्वर रहेको गीतमा दीपेश लामाको संगीत संयोजन छ । भिडियोको छायांकन पवन गौतमले गरेका हुन् ।

कुन्ती गुरुङ, सरिता सुनुवार, चक्र गुरुङ, राज गुरुङ र कृष्ण गुरुङको कोरस स्वर रहेको गीतको भिडियो अमेरिकाको बिभिन्न स्थानमा छायांकन भएको हो ।

भिडियोमा अभिनेत्री रञ्जिता गुरुङ र बिकास घले गुरुङको अभिनय छ ।

स्थानिय कलाकार कार्लईस गुरुङको अलवा आमा समुह र ईन्ट्र फाउन्डसनका नृत्य प्रशिक्षार्थीले पनि भिडियोमा नृत्य गरेका छन् ।

भिडियोको निर्देशक तथा सम्पादन पनि विकास घले गुरुङले नै गरेका हुन् ।

विकास फिल्म निर्देशक तथा खेलाडी पनि हुन् । गीत रेड ओशियन नामक युट्युबबाट सार्वजनिक भएको हो ।

प्रतिक्रिया