January 22, 2025, 6:52 am
» सुप्रिम सहकारी ठगी प्रकरण : रविको मुद्दामा सुनुवाइ सुरु » गौर अस्पतालमा पहिलो पटक आङ्ग खसेको रोगको सफलतापूर्वक अपरेसन » रूपेन्देहीमा रबि लामिछानेको थुनछेक बहस सुरू » सुनको भाउ तोलामा १९ सयले बढ्यो » प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

चितवनलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा

पुस ३, २०८१ मा प्रकाशित | ३४०दर्शक तीव्रखबर

काठमाडौं : नेपाल प्रिमियर लिगमा कर्णाली याक्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। टियु क्रिकेट मैदानमा बुधबार चितवन राइनोजलाई २१ रनले हराउँदै कर्णाली याक्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो।

कर्णालीले दिएको १७६ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १५४ रनमात्रै बनाउँदा चितवन एलिमिनेटरबाट नै बाहिरिएको छ।चितवनका लागि रवि बोपाराले सर्वाधिक ५३ रन बनाए। उनले ३४ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। त्यस्तै कप्तान कुशल मल्लले २१, विपिन रावलले १८, लक बेन्केस्टीनले १६ र सरद भेषावकरले १० रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। कर्णालीका लागि जिसन मक्सुदले सर्वाधिक ३ विकेट लिए। सोमपाल कामी र नन्दन यादवले २/२ विकेट लिँदा विपिन शर्माले १ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित ओभरको खेलमा ६ विकेटको क्षतिमा १७५ रन बनाएको हो। कर्णालीका लागि जयकिसन कोल्सावाला र विलियम वासिस्टो अर्धशतकीय पारी खेले। ओपनर कोल्सावालाले सर्वाधिक ५३ रनको अर्धशतकीय पारी खेले। उनले ३९ बलमा ६ चौका र २ छक्का प्रहार गरे। विलियम वासिस्टोले ३९ बलमा ३ चौका र २ छक्कासहित ५२ रन बनाउँदै सोहिल तान्भिरबाट पाँचौं विकेटको रूपमा पेभेलियन फर्किए।

कर्णालीले पहिलो विकेटका रूपमा रित गौतमलाई दोस्रो ओभरको पहिलो बलमा डक आउटको रूपमा गुमायो । दोस्रो विकेट ४.६ ओभरमा जिसन मक्सुदको गयो। मक्सुदले १२ बलमा १ चौकार १ छक्कासहित १४ रन बनाएर शरद भेषवाकरको बलमा रञ्जित कुमारबाट क्याच भए।

त्यस्तै तेस्रो विकेट जयकिसन कोल्सावालाको गयो। उनले ३९ बलमा ६ चौका र २ छक्कासहित ५३ रन बनाउँदै रवि बोपाराको बलमा शरद भेषवाकरको हातमा क्याच भए। चौथो कर्णालीका लागि गुल्सन झा डक आउट भए। पाँचौं विकेटका लागि विलियम वासिस्टो र चाड्विक वाल्टनले ६७ रनको साझेदारप् गर्दै कर्णालीको मिडल अर्डर बलियो बनाए।

त्यस्तै छैटौं विकेटका रूपमा देव खनाल रन आउट भए। चाड्विक वाल्टन ४६ रन र सोमपाल कामी शून्यमा अविजित रहे। चितवनका लागि सोहिल तनवीरले सर्वाधिक २ विकेट लिए। कुशल मल्ल, रवि बोपारा र शरद भेषवाकरले समान १/१ विकेट लिए।

प्रतिक्रिया