February 23, 2025, 3:13 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

१० ओभरमा चितवनले जोड्यो ८१ रन

पुस ३, २०८१ मा प्रकाशित | ४१०दर्शक तीव्रखबर

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को एलिमिनेटर खेलमा चितवनले १० ओभरमा ८१ रन बनाएको छ। टियु क्रिकेट मैदानमा कर्णालीविरुद्ध चितवनले १० ओभरमा ३ विकेटको क्षतिमा ८१ रन बनाएको हो।

यसअघि पावरप्लेमा ३ विकेट गुमाउँदै ४७ रन जोडेको चितवनले त्यसपछि भने कुनै विकेट गुमाएको छैन। चितवनले पहिलो ओभरको पाँचौं बलमा हसन इसाखिललाई १ रनमै गुमायो। उनलाई सोमपाल कामीले गुल्सन झाको हातमा क्याच गराए। दोस्रो विकेट अर्का ओपनर विपिन रावलको गयो। उनले १० बलमा ४ चौकासहित १८ रन जोड्दै क्याच आउट भए।

तेस्रो विकेट लुक बेन्केन्स्टाइनलाई जिसन मक्सुदले बोल्ड गरे। उनले १३ बलमा १ चौका र १ छक्कासहित १६ रन जोडे। हालः क्रिजमा कप्तान कुशल मल्ल २० रवि बोपारा २२ रनमा खेलिरहेका छन्। कर्णालीका लागि सोमपाल कामीले २ विकेट लिए। जिसन मक्सुदले १ विकेट लिए।

प्रतिक्रिया