February 23, 2025, 3:24 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

जयकिशन र बसिस्टोको अर्धशतकमा कर्णालीले चितवनलाई दियो १७६ रनको चुनौती

पुस ३, २०८१ मा प्रकाशित | ४१०दर्शक तीव्रखबर

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबार भएको इलिमिनेटर खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको चुनौती दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरुमा ब्याटिङ गरेको कर्णालीले दुई ब्याट्सम्यान जयकिसन कोलसावला र विलियम बसिस्टोको अर्धशतकको मद्दतमा ६ विकेटको क्षतिमा १७५ रन बनाएको हो।कर्णालीका लागि जयकिसानले ३९ बलमा ६ चौका र दुई छक्काको मद्दमा सर्वाधिक ५३ रन बनाए भने बसिस्टोले ३९ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ५२ रन जोडे। चाडविक वाल्टनले नटआउट २३ बलमा चार चौका र तीन छक्काको मद्दतमा ४६ रन बनाएको खेलमा गुल्सन झा र रित गौतम शून्यमा आउट भए। देव खनाल तीन रन बनाउँदा रन आउट हुँदा कप्तान सोमपाल कामीले एक बलको मात्र सामना गरे।

प्रतिक्रिया