February 25, 2025, 3:21 pm
» धनगढीमा राप्रपाको बाइक र्याली » धनगढीबाट गणतन्त्रविरूद्ध बिगुल फुकियो, यसको नतिजा चैतमा काठमाडौंमा हुन्छ : धवलशमशेर » महाशिवरात्रीको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओली पशुपतिमा » विष सेवन गरेका मन्त्रीका स्वकीय सचिवको मृत्यु » प्रचण्डको चेतावनी- कसैले जनताको अधिकार खोस्न खोजे महँगो पर्ने छ

एकीकृत समाजवादीले आगामी निर्वाचनहरू एक्लै लड्ने

पुस २, २०८१ मा प्रकाशित | ६००दर्शक तीव्रखबर

काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले आगामी दिनमा हुने सबै किसिमका चुनाव एक्लै लड्ने निर्णय गरेको छ ।

एकीकृत समाजवादीको काठमाडौंमा बसेको स्थायी कमिटी बैठकले आगामी निर्वाचनमा कलम चुनाव चिह्नका उम्मेदवारहरू एक्लै लड्ने निष्कर्ष निकालेको छ ।

यसका लागि जनतामा जाने पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता जगन्नाथ खतिवडाले जनकारी दिएका छन् ।

बैठकले पार्टी एकता नगर्ने र सुदृढीकरणमा ध्यान दिने निर्णय पनि गरेको उनले जानकारी दिए ।

बैठकले पार्टीलाई जनतासँग जोड्न जनसंघर्ष अभियान चलाउने निर्णय पनि गरेको छ । स्थायी कमिटी बैठकले पार्टीको केन्द्रीय सचिवालय गठन गरेको छ ।

सचिवालमा अध्यक्ष, सम्मानित नेता, वरिष्ठ नेता, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवसहित २४ जना रहने खतिवडाले बताएका छन् ।

बैठकले पाँच सदस्यीय केन्द्रीय कार्यालय गठन गरेको छ । पार्टीको आगामी कार्ययोजनालाई संशोधनसहित पारित गरेको छ ।

कार्यविभाजनका सन्दर्भमा आएका सुझावलाई अध्ययन गरि दुई दिनपछि टुंग्याउने खतिवडाले बताए ।

खतिवडाले वामदेव गौतमलाई नेकपा एकीकृत समाजवादीमा ल्याउन छलफल भइरहेको बताए । यसमा गौतम पनि सकारात्मक रहेको खतिवडाले बताए ।

यसका लागि अन्य प्रक्रियाका कामहरू जारी रहेको उनले बताएका छन् ।

प्रतिक्रिया