February 23, 2025, 2:28 am
» प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै » Trump Signs Executive Order Restricting Chinese Investment in Key Sectors » Four Nepalis killed in road accident while returning from Kumbh Mela

एनपीएल विजेताका लागि पुरस्कार घोषणा, कसले कति पाउने?

पुस २, २०८१ मा प्रकाशित | ५६०दर्शक तीव्रखबर

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को विजेताका लागि पुरस्कार घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गरेर पुरस्कार घोषणा गरेको हो।

क्यानका अनुसार एनपीएल विजेताले एक करोड १० लाख पुरस्कार पाउनेछ। त्यस्तै दोस्रो हुनेले ५१ लाख, तेस्रो हुनेले २५ लाख र चौथो हुनेले १५ लाख पुरस्कार पाउनेछ।

यसअघि नै प्लेअफमा चार टिम पुगिसकेका छन्। जसमा सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्स रहेका छन्। भोलि र पर्सी प्लेअफका खेल हुनेछन् भने शनिबार फाइनल खेल हुनेछ।

प्रतिक्रिया