February 24, 2025, 6:24 am
» पर्यटन राजधानी पोखरामा त्रिदेशीय पर्यटन प्रदर्शनी » भलिबल खेलाडी सूर्य विकको उपचारका लागि आर्थिक सहयोग » महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा प्रभातफेरी » प्रादेशिक अस्पताल गौरका डाक्टरले निजी अस्पतालमा रिफर गरेका बिरामीको अप्रेसन गर्दा मृत्यु, घटनाको छानबिन सुरू » बर्दिवास शैक्षिक महोत्सवमा पर्यटन: आफ्नै ठाँउका अनौठा फोटोहरु देखेपछि अचम्मित अवलोकनकर्ता

रुसका न्युक्लियर चिफ बम विष्फोटमा मारिए

पुस २, २०८१ मा प्रकाशित | ४५०दर्शक तीव्रखबर

रसियाका आणविक सुरक्षा बलका प्रमुख लेफ्टिनेन्ट जेनेरल आइगर किरिलोभको बम विष्फोटमा परी मृत्यु भएको छ। मंगलबार राजधानी मस्कोमा एक विद्युतीय स्कुटरमा राखिएको बम विष्फोट हुँदा उनको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

क्रेमलिनबाट सात किलोमिटर टाढा मात्रै रहेको रियाजान्स्कीस्थित एक अपार्टमेन्टबाट बाहिर निस्कने क्रममा स्कुटरमा लुकाएर राखिएको बम रिमोटबाट विष्फोट गराइएको थियो। आइगरसँगै उनका सहयोगीको पनि विस्फोटमै परी मृत्यु भएको जनाइएको छ।

अनुसन्धानकर्ता र फरेन्सिक कर्मचारीहरू घटनास्थलमा प्रमाण संकलन गरिरहेका छन्, तर न्युज एजेन्सी रोयटर्सले युक्रेनी अधिकारीहरुको हवाला दिँदै युक्रेनले उनको हत्या गराएको बताएको छ। युक्रेनी सञ्चारमाध्यमहरुले पनि युक्रेनको सेक्युरिटी सर्भिसले उनको हत्या गरेको दाबी गरेका छन्।

विष्फोटको जिम्मेवारी तत्काल कसैले लिएको छैन। मस्कोको रियाजनस्की प्रोस्पेक्टस्थित आवासीय भवनको पहिलो चार तलामा क्षति पुगेको छ।

किरिलोभ पश्चिममा विवादास्पद व्यक्ति थिए, जसलाई रूसको युक्रेन आक्रमणको क्रममा रासायनिक हतियारको प्रयोगको निगरानी गरेको आरोपमा बेलायतले प्रतिबन्ध लगाएको थियो। सोमबार युक्रेनी अदालतले किरिलोभलाई प्रतिबन्धित रासायनिक हतियार प्रयोगको मामिलामा अनुपस्थित अवस्थामै सजाय सुनाएको थियो।

किरिलोभलाई २०१७ मा न्युक्लियर फोर्सको चिफ बनाइएको थियो। उनी रुसको रेडिएशन, केमिकल तथा जैविक हतियार विभागका चिफ भइसकेका थिए। किरिलोभ पछिल्लो ४ महिनामा मारिने तेस्रो वरिष्ठ रसियन अधिकारी हुन्।

१२ डिसेम्बर २०२४ मा रुसका मिसाइल एक्सपर्ट मिखाइल शेतस्कीको गोली हानी हत्या गरिएको थियो। २८ डिसेम्बर २०२४ मा ड्रोन स्पेशलिस्ट एलेक्सी कोलोमीतसेव पनि मृत भेटिएका थिए। कोलोमीतसेव रुसी सेनालाई ड्रोनको ट्रेनिङ दिनका लागि एक्सपर्ट मानिन्थे।

प्रतिक्रिया