February 25, 2025, 3:17 pm
» धनगढीमा राप्रपाको बाइक र्याली » धनगढीबाट गणतन्त्रविरूद्ध बिगुल फुकियो, यसको नतिजा चैतमा काठमाडौंमा हुन्छ : धवलशमशेर » महाशिवरात्रीको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओली पशुपतिमा » विष सेवन गरेका मन्त्रीका स्वकीय सचिवको मृत्यु » प्रचण्डको चेतावनी- कसैले जनताको अधिकार खोस्न खोजे महँगो पर्ने छ

काठमाडौं उपत्यकाको खानेपानी समस्याको दीर्घकालीन समाधान गर्छौंः मन्त्री यादव

पुस २, २०८१ मा प्रकाशित | ३९०दर्शक तीव्रखबर

काठमाडौं- खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकाभित्रको खानेपानीको समस्या दीर्घकालीन रुपमा समाधान गर्न सरकार लागि परेको बताएका छन् ।

मंगलबार काठमाडौं उपत्यका खानेपानी लिमिटेडको अनुगमका क्रममा बोल्दै खानेपानीमन्त्री यादवले उपत्यकाको खानेपानीको समस्या समाधानका दीर्घकालीन योजना बनाएर सरकार अगाडि बढिरहेको बताएका हुन् ।

उनले मेलम्चीको पानी वर्षमा आठ महिना मात्र काठमाडौं आउने भएका कारण समस्या भइरहेको उल्लेख गर्दै त्यसको समाधान खोजिरहेको बताए । उनले काठमाडौं उपत्यकामा २४ सै घण्टा पानी उपलब्ध गराउनको लागि सुन्दरीजलमा पानी प्रशोधन केन्द्र निर्माण गर्न लागेको र त्यसको लागि टेण्डर आह्वान भइसकेको समेत बताएका हुन् ।

‘उपत्यकामा खानेपानीको समस्या हुन नदिनको लागि हामीले ठाउँठाउँमा अनुगमन गरिरहेका छौं । अहिलेको नयाँ टेक्नोलोजीअनुसार काम गरेको पाइपलाइनहरुको पनि हामीले अनुगमन गरिरहेका छौं । आउने दिनमा उपत्यकामा कुनैपनि खानेपानी समस्या हुन नदिनका लागि दीर्घकालीन रुपमा योजना बनाएर पनि हामी अगाडि बढेका छौं । तर अहिले हामीले मेलम्चीको पानी वर्षमा ८ महिना मात्र वितरण गरिरहेका छौं,’ उनले भने,’वर्षामा चार महिना वितरण नहुँदा समस्या छ । त्यसका लागि हामीले १२ महिनाको २४ सै घण्टा पानी दिनको लागि हामीले सुन्दरीजलमा नयाँ टे«ण्डर प्लान थपिरहेका छौं । त्यसको क्षमता २५ करोड ५० लाख लिटर क्षमता छ । त्यो निर्माण भइसकेपछि काठमाडौंवासीको सपना पूरा हुन्छ, उपत्यकाको पानीको समस्या समाधान हुन्छ ।’

उपत्यका नजिक पानीका मुहान नभएका कारण केही समस्या भएको उनको भनाइ छ ।

प्रतिक्रिया