February 24, 2025, 6:40 am
» पर्यटन राजधानी पोखरामा त्रिदेशीय पर्यटन प्रदर्शनी » भलिबल खेलाडी सूर्य विकको उपचारका लागि आर्थिक सहयोग » महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा प्रभातफेरी » प्रादेशिक अस्पताल गौरका डाक्टरले निजी अस्पतालमा रिफर गरेका बिरामीको अप्रेसन गर्दा मृत्यु, घटनाको छानबिन सुरू » बर्दिवास शैक्षिक महोत्सवमा पर्यटन: आफ्नै ठाँउका अनौठा फोटोहरु देखेपछि अचम्मित अवलोकनकर्ता

इन्डोनेसियामा माछा मार्ने डुङ्गा पल्टिँदा १५ जना बेपत्ता, दुईको उद्धार

पुस २, २०८१ मा प्रकाशित | ४८०दर्शक तीव्रखबर

जाकार्ता, : इन्डोनेसियाको पूर्वी मालुकु प्रान्तमा माछा मार्ने डुङ्गा पल्टिँदा पन्ध्र जना बेपत्ता भएका स्थानीय अधिकारीले मङ्गलबार बताएका छन् ।

शनिबार माछा मार्ने क्रममा १७ यात्रु बोकेको डुङ्गा डुबेको थियो ।

दक्षिणपश्चिम पपुवा प्रान्तको खोज र उद्धार कार्यालयका प्रमुख मोन्स ब्रुरीका अनुसार सोमबार दिउँसो अर्को माछा मार्ने डुङ्गाले दुई जना चालक दलका सदस्यहरूलाई उद्धार गरेको थियो ।

उद्धारकर्ताहरूका अनुसार मङ्गलबार खराब मौसम तथा हावाहुरीका कारण डुङ्गा पल्टिएको थियो ।

प्रतिक्रिया