February 25, 2025, 3:13 pm
» धनगढीमा राप्रपाको बाइक र्याली » धनगढीबाट गणतन्त्रविरूद्ध बिगुल फुकियो, यसको नतिजा चैतमा काठमाडौंमा हुन्छ : धवलशमशेर » महाशिवरात्रीको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओली पशुपतिमा » विष सेवन गरेका मन्त्रीका स्वकीय सचिवको मृत्यु » प्रचण्डको चेतावनी- कसैले जनताको अधिकार खोस्न खोजे महँगो पर्ने छ

किड्नी ट्रान्सप्लान्ट नभएको भए साउनमा मेरो १८ औँ पुन्यतिथि हुन्थ्यो : प्रधानमन्त्री

पुस २, २०८१ मा प्रकाशित | ४२०दर्शक तीव्रखबर

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले देशमा व्यवस्थासँगै जनताको अवस्थामा पनि परिवर्तन आइरहेको बताएका छन् ।

ललितपुर महानगरपालिकाको १०६औँ स्थापना दिवस कार्यक्रमलाई मंगलबार सम्बोधनका क्रममा उनले देश फड्को मार्दै गएको बताए ।

‘अहिले निर्यात पनि बढेको छ ।अर्थतन्त्रको आकार पनि बढेको छ। विदेशी मुद्रा सञ्चिति पनि बढेको छ’, उनले भने, ‘अवस्थामा परिवर्तन आएन भन्ने होइन, नेपालीको सरदर आयु कुनै बेला ४२ थियो, त्यो बढेर ४९ हुँदै ७२ पुगिसकेको छ ।’

नेपालमा पहिले जस्तो जीविकाका लागि भारी नै बोक्नुपर्ने र चर्को शारीरिक श्रम गर्नुपर्ने बाध्यतामा धेरै कमी आएको पनि उनले बताए ।

‘अहिले विरामी पर्दा स्वास्थ्य उपचार हुने गरेको छ । नेपालमा महत्त्वपूर्ण अंगको ट्रान्सप्लान्ट हुने गरेको छ’, उनले भने, ‘मेरै कुरा गरौँन । किड्नी ट्रान्सप्लान्ट गर्ने सु्विधा नभएको मेरो त अस्ति साउनमै १८ औँ पुन्य तिथि भइसक्थ्यो । पहिलो पटक ट्रान्सप्लान्ट गर्न नेपालमा सुविधा नहुँदा भारत गएँ । १३ वर्षपछि मैले नेपालमै ट्रान्सप्ला्ट गरेँ ।नेपालमै ट्रान्सप्लान्ट गर्दा सजिलो छ । औषधोपचारदेखि डाक्टरको फलोअपमा अस्पताल जान पनि सजिलो छ । दोस्रो पटक ट्रान्सप्लान्ट नेपालमै गर्दा मलाई सजिलो भएको छ । औषधि खान पनि अर्को देशतिर जानुपर्दैन ।’

प्रतिक्रिया