February 23, 2025, 2:45 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

नेपालले भारतलाई दियो ९५ रनको लक्ष्य

पुस २, २०८१ मा प्रकाशित | ४६०दर्शक तीव्रखबर

काठमाडौं : एसीसी महिला यु-१९ एसिया कपमा नेपालले भारतलाई ९५ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरको खेलमा ८ विकेट गुमाएर ९४ रन बनाएको हो।

नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक २५ रन बनाइन्। त्यस्तै अलिशा कुमारी यादव २० रनमा अविजित रहिन्। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।

भारतका लागि परुनिका सिसोडियाले सर्वाधिक ४ विकेट लिइन्। त्यस्तै आन्नदिता किशोर र मिथिला भीले १-१ विकेट लिए।

प्रतिक्रिया