February 25, 2025, 4:37 pm
» सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नभए भारतसँग विद्युत आयात हुदैन- प्राधिकरण » कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण » ताप्लेजुङको निषेधाज्ञा हटाइयो » मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक, के के छन् प्रमुख विशेषता ? » धनगढीमा राप्रपाको बाइक र्याली

रविलाई कास्की अदालतमा उपस्थित गराइयो

पुस २, २०८१ मा प्रकाशित | ५३०दर्शक तीव्रखबर

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा पेश गरिएको छ ।

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पछिल्लो पटक थपिएको ५ दिनको म्याद सोमबार सकिएसँगै आज अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

लामिछानेविरुद्ध आगामी शुक्रबारसम्म जिल्ला अदालत कास्कीमा अभियोगपत्र दायर गर्नेगरी सरकारी वकिल कार्यालयले तयारी गरिरहेको छ ।

प्रहरीले सोमबार नै सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाइसकेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध तीनवटा अभियोगमा मुद्दा चलाउन सरकारी वकिलकहाँ सिफारिस गरेको छ ।

प्रतिक्रिया