February 24, 2025, 9:57 am
» यस्तो छ महाशिवरात्रीको ट्राफिक व्यबस्थापन, ८९० प्रहरी खटिने » राजेन्द्र महतोको नजरमा एमाले अवसरवादी गुटको समुह, माओवादीले जनताको विश्वास गुमायो » पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्ने » ग्रिस र स्विडेन पठाइदिन्छु भन्दै ठगि गर्ने दुई जना पक्राउ » युएसएडबाट सञ्चालित कार्यक्रम बारेका समाचार र टिप्पणीप्रति अर्थमन्त्रालयको ध्यानाकर्षण

व्यवस्था परिवर्तनको ठोकुवा गर्दै दुर्गा प्रसाईंको चेतावनीपूर्ण अभिव्यक्ति

पुस १, २०८१ मा प्रकाशित | १०४०दर्शक तीव्रखबर

आफूलाई व्यवस्थाविरोधी अभियन्ता भनाउँदै आएका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सरकारविरुद्ध अर्को चेतावनीपूर्ण अभिव्यक्ति दिएका छन् । प्रहरी हिरासतमा रहेका उनले स्वकीय सचिवको सहयोगमा समर्थकहरुलाई सम्बोधन गर्दै सत्ताविरुद्ध आगो ओकलेका हुन् ।

शासकहरुका कारण शरीरमा पेट्रोल खन्याएर आत्मदाह गनुपर्ने अवस्था आएको तर्क गर्दै उनले देशको वर्तमान स्थितिबारे गम्भीर हुन अपिलसमेत गरेका छन् । चितवनकी एक महिलाले अस्ति आत्मदाह गरेको प्रसंग निकाल्दै प्रसाईंले भनेका छन्, ‘शासकहरुलाई हेक्का रहोस्, शरीरमा पेट्रोल खन्याएर आत्मदाह गरेको हो, कुनै जन्मदिनको क्यान्डेल जलेको होइन ।’

ट्युनिसियामा एक व्यक्तिले आत्मदाह गरेपछि व्यवस्था परिवर्तन भएको दृष्टान्त दिँदै उनले भनेका छन्, ‘मेरी चेलीहरु, तिमीहरुले आफैंलाई जलाउन नखोज्नू, म छिट्टै आउँछु । ट्युनिसिया भन्ने देशमा पनि एक जना व्यक्ति जलेर मरेपछि व्यवस्था परिवर्तन भएको थियो, हेक्का रहोस् त्यो दिन टाढा छैन ।’

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रम फैलाएको आरोपमा गत मंसिर ४ गते भक्तपुरस्थित निवासबाटै पक्राउ परेका प्रसाईं झन्डै एक महिनादेखि प्रहरी हिरासतमा छन् । उनीविरुद्ध साइबर अपराधको कसुरमा मुद्दा चलाइएकोमा काठमाडौँ जिल्ला अदालतले ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिए पनि अर्को मुद्दामा अनुसन्धान चलिरहेकाले उनी तत्काल रिहा हुन पाएनन् ।

अदालतमा धरौटी बुझाउँदा–बुझाउँदै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले उनलाई नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया