February 24, 2025, 9:52 am
» यस्तो छ महाशिवरात्रीको ट्राफिक व्यबस्थापन, ८९० प्रहरी खटिने » राजेन्द्र महतोको नजरमा एमाले अवसरवादी गुटको समुह, माओवादीले जनताको विश्वास गुमायो » पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्ने » ग्रिस र स्विडेन पठाइदिन्छु भन्दै ठगि गर्ने दुई जना पक्राउ » युएसएडबाट सञ्चालित कार्यक्रम बारेका समाचार र टिप्पणीप्रति अर्थमन्त्रालयको ध्यानाकर्षण

एमालेलाई मीनबहादुरको जग्गादान श्रीमानहरुद्वारा सदर

पुस १, २०८१ मा प्रकाशित | ११००दर्शक तीव्रखबर

भाटभटेनी सुपरस्टोरका मालिक मीनबहादुर गुरुङले सत्तारुढ नेकपा एमालेको केन्द्रीय कार्यालय बनाउन जग्गा दान दिएको विवादित विषयमा परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

न्यायाधीशद्वय अब्दुलअजिज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले पूर्ण सुनुवाइपछि आज रिट खारेजीको आदेश सुनाएको हो । अधिवक्ता ज्ञानकुमार बस्नेतले कात्तिक ७ गते दर्ता गरेको मुद्दामा १२ गते अल्पकालीन अन्तरिम आदेश जारी भएको थियो । न्यायाधीश सुनिलकुमार पोखरेलले जग्गा लेनदेन प्रथम दृष्टिमै कानुनविपरित देखिएको भन्दै प्रक्रिया रोक्न भनेका थिए ।

त्यसयता पटक-पटक पेशी तोकिए पनि हेर्न नभ्याइनेमा पर्दै आएको मुद्दा आजलाई हेर्दाहेर्दैमा राखिएको थियो । तर, रिट खारेज भएसँगै अब एमालेलाई उक्त जग्गामा पार्टी कार्यालय भवन बनाउन बाटो खुला भएको छ ।

प्रतिक्रिया