February 23, 2025, 2:29 am
» प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै » Trump Signs Executive Order Restricting Chinese Investment in Key Sectors » Four Nepalis killed in road accident while returning from Kumbh Mela

चितवन हात्ती तथा पर्यटन महोत्सव पुस ११ देखि

पुस १, २०८१ मा प्रकाशित | १३८०दर्शक तीव्रखबर

काठमाडौं : चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८१ यही पुस ११ देखि १५ गतेसम्म हुने भएको छ।

समग्र चितवनको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित हरेक वर्ष जस्तै यो पटक पनि १८ औँ संस्करणको चितवन हात्ती तथा पर्यटन महोत्सव गर्न लागेको महोत्सवका संयोजक रामकुमार अर्यालले बताए। महोत्सवको १८औं संस्करण बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा आयोजना हुने आयोजक क्षेत्रीय होटल संघ चितवनले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो।

सौराहासहित समग्र चितवनको पर्यटन विकासमा नयाँ आयाम थप्ने महोत्सवको  राष्ट्रपति रामचन्द्र पौडेलबाट उद्घाटन हुने क्षेत्रीय होटल संघले जनाएको छ। क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजना, युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था र रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपालको सह–आयोजनामा महोत्सव गर्न लागिएको हो।

चितवनलाई जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी गरिएको पर्यटन महोत्सवका संयोजक रामकुमार अर्यालले बताए। हात्ती महोत्सव अन्तर्गत जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानी घोषणा तथा स्तम्भ अनावरण, हात्तीको श्रृंगार प्रतियोगिता, हात्ती वनभोज, हात्तीमैत्री फुटबल पेनाल्टी प्रतियोगिता, हात्तीमैत्री म्यूजिकल वाक विशेष आकर्षण रहेका छन्।

महोत्सव अन्तर्गत हुने उल्लिखित विभिन्न गतिविधिमा सरकारी र निजी गरी करिब ८० वटा हात्ती सहभागी हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया