February 25, 2025, 4:30 pm
» सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नभए भारतसँग विद्युत आयात हुदैन- प्राधिकरण » कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण » ताप्लेजुङको निषेधाज्ञा हटाइयो » मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक, के के छन् प्रमुख विशेषता ? » धनगढीमा राप्रपाको बाइक र्याली

एकीकृत समाजवादीको निष्कर्ष : तत्काल कसैसँग एकता सम्भव छैन, जनताको घर-घर जाने

पुस १, २०८१ मा प्रकाशित | ९२०दर्शक तीव्रखबर

काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले तत्काल कुनै पार्टीसँग एकताको सम्भावना नभएको निष्कर्ष निकालेको छ ।

पार्टी कार्यालय आलोकनगरमा सोमबार बसेको नेकपा एकीकृत समाजवादीको स्थायी कमिटिको बैठकपछि पार्टी नेता जगन्नाथ खतिवडाले देशका अन्य कुनै पनि कम्युनिष्ट पार्टीसँग एकताको कुनै सम्भावना नभएको निष्कर्ष निकालेको बताए ।

उनले राष्ट्रिय एजेण्डमा सहकार्य गर्न तयार रहेको बताए । केन्द्रीय सदस्यहरुको कार्यविभाजन र आगामी कार्ययोजनालाई पारित गर्दै स्थायी कमिटिको बैठक मंगलबार सम्पन्न हुने उनले बताए ।

खतिवडाले जनताको घर–घरबाटै जनसंघर्षको माध्यमबाट पार्टी निर्माण गर्न सकिने भएकाले जनताको घर–घरमा जानेसहितको निर्णय हुने जानकारी दिए ।उनले आगामी निर्वाचनहरूमा समाजवादीलाई सशक्त प्रतिष्पर्धीका रुपमा उभ्याउने विषयमा छलफल केन्द्रित रहेको बताउँदै यसबारे निर्णय पनि मंगलबार नै गर्ने जानकारी दिए ।

प्रतिक्रिया