February 24, 2025, 10:29 am
» बलियो अर्थतन्त्रका लागि दक्ष प्राविधिक र गुणस्तरीय शिक्षा: मन्त्री दाहाल » यस्तो छ महाशिवरात्रीको ट्राफिक व्यबस्थापन, ८९० प्रहरी खटिने » राजेन्द्र महतोको नजरमा एमाले अवसरवादी गुटको समुह, माओवादीले जनताको विश्वास गुमायो » पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्ने » ग्रिस र स्विडेन पठाइदिन्छु भन्दै ठगि गर्ने दुई जना पक्राउ

जिल्ला प्रशासन कार्यालय महोत्तरीका दुईजना नायब सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा

पुस १, २०८१ मा प्रकाशित | ५३०दर्शक तीव्रखबर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय महोत्तरी का दुईजना नायब सुब्बाविरुद्ध भ्रष्टाचार मु्द्दा दायर गरेको छ। नायब सुब्बा अशोक कुमार यादव र दिनेश प्रसाद साहविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको हो।

अख्तियारका प्रवक्ता नरहरी घिमिरेका अनुसार नायवा सुब्बा यादव र साहको आपसी मिलेमतोमा  सवारी ज्यान कसुर मुद्दामा मृतकको नजिकको हकदारले पाउनुपर्ने कृया खर्च तथा क्षतिपूर्ति वापतको रकम उपलब्ध गराउन सहजिकरण गरिदिने भनी सेवाग्राहीसँग घुस लिएको पुष्टि भएपछि उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो।

केही समयअघि २० हजार घुससहित नायव सुब्बा यादवलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो। उनीहरूविरुद्ध सोही रकम बराबरको बिगो जरिवाना र सजायको माग गरिएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया