December 22, 2024, 8:16 pm
» मधेशी आयोगद्वारा जनकपुर बोल्ट्समाथि भएको दुर्व्यवहारको घटनामा संलग्न दोषीलाई कारबाहीको माग » दुई मुद्दामा सभापति लामिछानेसँग रु ३१ करोड बिगो दाबी » आलोचनात्मक पत्रकारिताको खाँचो : प्रेस काउन्सिल अध्यक्ष बस्नेत » मेला-महोत्सवले शहरमा मात्र होइन विकट ठाउँमा पनि पर्यटक बढ्छन् : मन्त्री सिंह » रुखको हाँगाले लागेर एक जनाको मृत्यु

एमालेभित्र सरकारमा बस्ने कि नबस्ने बहस ! अमेरिकी सहायक विदेशमन्त्री लुको भ्रमणले राजनीतिमा हलचल

पुस १, २०८१ मा प्रकाशित | ४६०दर्शक तीव्रखबर

काठमाडौं,  । नेकपा एमालेभित्र एतिबेला सरकारमा बस्ने कि सत्ताबाहिर बस्ने भन्ने चर्चापरिचर्चा सुरु भएको छ ।

त्यसको उदाहरणलाई लिन सकिन्छ, प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ।

प्रधानमन्त्री ओली कहिले कार्यकर्तालाई आन्दोलन गर्न तयार हुन निर्देशन दिन्छन् । कहिले जागरण अभियान चलाउँछन् ।

प्रधानमन्त्री चीन भ्रमणबाट फर्किएपछि आन्दोलनको लागि तयार कार्यकर्तालाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीको क्रियाकलापले कांग्रेससँगको सहकार्य नै टुट्ने हो कि भन्ने आशंका बढाएको छ ।

कांग्रेसभित्र पनि बीआरआईको विषयलाई लिएर मतभेद सुरु हुन थालेको छ ।

अर्कोतिर प्रतिपक्षी दल नेकपा माओवादीका अध्यक्ष प्रचण्डले संस्थापन पक्षभन्दा इतरपक्षसँग साँठगाँठ बढाएको स्रोतको दावी छ ।

राजनीतिक वित्तमा कांग्रेस र माओवादीको गठबन्धन हुन सक्ने आँकलन राजनीतिक विश्लेषकहरुले गर्न थालेका छन् ।

कांग्रेस–एमाले दुई ठूला दल मिलेर बनेको सरकारले आर्थिक समृद्धि, सुशासन र भ्रष्टाचार नियन्त्रण गर्न नसकेको आरोप लागिरहेको छ ।

सरकारमा बस्ने मन्त्रीहरुले पनि जनताले देख्नेगरी कुनै पनि काम गर्न सकेका छैनन् ।

अधिकांश मन्त्रीहरुले आ–आफ्नो मन्त्रालयमा सेटिङ गरेर आर्थिक लाभ उठाइरहेको अवस्थामा सर्वसाधारणहरु यो सरकारले देश र जनताको हितमा काम गर्न नसकेको आरोप लाग्न थालेको छ ।

प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल फेरबदल गर्ने मनस्थिति बनाएको अवस्था छ । मन्त्रिमण्डल फेरबदल भएको खण्डमा दलभित्रै विवाद सिर्जना हुने र सत्ता फेरबदल हुने सम्भावना त्यत्तिकै छ ।

यतिबेला कांग्रेस र एमालेबीच बीआरआईको विषय पेचिलो बन्दै गएको छ । अर्कोतिर भारतले प्रधानमन्त्री केपीलाई भारत भ्रमणमा नबोलाउनुपनि अर्थपूर्ण रुपमा हेरिएको खबर तामाकोशी सन्देशमा छ  ।

भारतले चाहेको खण्डमा माओवादी र कांग्रेसलाई मिलाएर सत्ता परिवर्तनको खेल सुरु नगर्ला भन्न सकिन्न । त्यसले पनि प्रधामन्त्री ओलीले आन्दोलन गर्ने उद्घोष गरेको हुनुपर्छ ।

प्रधानमन्त्री ओली चीन भ्रमणबाट फर्कनेबित्तिकै अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपाल भ्रमण गरेका थिए । लुले पनि प्रधानमन्त्री ओलीसँग भेटघाट गरेनन् ।

कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट गरेका थिए ।

सो भेटले पनि कांग्रेस र एमालेको सरकार धेरै नटिक्ने आँकलन गर्न सकिन्छ ।

प्रतिक्रिया