January 22, 2025, 4:54 pm
» भारतमा रेल दुर्घटनाः ११ जनाको मृत्यु, नेपाली पनि परेको आशंका » कुनै पनि बहानामा सरकार ढल्दैन : अर्थमन्त्री पौडेल » एमाले नेता ऐन महरविरूद्ध पक्राउ पुर्जी जारी » जिपको ढोकाबाट खसेर दुई जना घाइते » जापानमा बर्ड फ्लुको सङ्क्रमणमा वृद्धि

एनएमएसआरएको अध्यक्षमा कोषराज अवस्थिको उम्मेदवारी

पुस १, २०८१ मा प्रकाशित | ४००दर्शक तीव्रखबर

काठमाडौं– नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ काठमाडौं इकाई (एनएमएसआरए) को अध्यक्ष पदमा कोष राज अवस्थिले उम्मेदवारी घोषणा गरेका छन् ।

संघका वर्तमान उपाध्यक्ष समेत रहेका अवस्थीले आफूले संघमा सदस्य, कोषाध्यक्ष र उपाध्यक्षका रूपमा १२ वर्षको अनुभव संकलन गरेको बताउँदै यस अनुभवलाई आगामी कार्यकालमा संघलाई थप सशक्त र प्रभावकारी बनाउन प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आफ्नो उम्मेदवारीको मुख्य एजेण्डामा संघको सुदृढ विकास, सदस्यहरूको हकहितको संरक्षण र औषधि क्षेत्रमा सुधारका लागि योजनाहरू प्रस्तुत अवस्थीले गरेका छन् ।

संघको निर्वाचन यहि पुष ६ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुँदैछ ।

प्रतिक्रिया