February 25, 2025, 4:21 pm
» सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नभए भारतसँग विद्युत आयात हुदैन- प्राधिकरण » कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण » ताप्लेजुङको निषेधाज्ञा हटाइयो » मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक, के के छन् प्रमुख विशेषता ? » धनगढीमा राप्रपाको बाइक र्याली

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि, नेताहरुको कार्यविभाजन गरिने

पुस १, २०८१ मा प्रकाशित | ४६०दर्शक तीव्रखबर

काठमाडौं– नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा मंसिर २६ गतेदेखि जारी बैठकमा आज अध्यक्ष माधव नेपाल र महासचिव घनश्याम भुसालले सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिने छन् । आइतबारसम्म स्थायी कमिटीका सबै सदस्यहरूले धारणा राखिसकेका छन् ।

आजको बैठकमा नेताहरुको कार्य विभाजनको प्रस्तावमा छलफल गरेर आज नै टुङ्गाउने तयारी रहेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकमा नेताहरूको जिम्मेवारी तोक्ने र पार्टीको सुदृढीकरण, आगामी निर्वाचनको तयारी, राजनीतिक तथा भूराजनीतिक चुनौतीलगायतका विषयमा पनि निर्णय लिने बताइएको छ ।

प्रतिक्रिया